जनताले चाहेमा नेपाल हिन्दु धर्मराज्य बन्नसक्छ : बाबुराम भट्टराई

वीरगन्ज, चैत १३ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले जनताले चाहेको अवस्थामा नेपाल हिन्दु धर्मराज्य बन्न सक्ने बताएका छन् ।05f54d7798881b790aa86df56e3852bf_L

नयाँ शक्ति पार्टी पर्साले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा संयोजक डाक्टर भट्टराईले लोकतन्त्रको मेरुदन्ड नै धर्मनिरपेक्षता भएकाले नै आफूहरुले धर्मनिरपेक्ष संविधान बनाएको तर नेपालको संविधान परिवर्तनसिल भएकाले जनताले चाहेमा मुलुक हिन्दु धर्मराज्य हुनसक्ने बताए ।
उनले मधेसका मुद्दा सबैका साझा भएकाले संविधान संशोधनबाट मधेसका माग पुरा गरेर जानुपर्ने बताए ।
त्यसका लागि छलफल गर्न आफू वीरगन्जमा आएको उनको भनाइ थियो ।

संयोजक डाक्टर भट्टराईले मधेस आन्दोलनको मुल्याकंन हुने समयमा मधेसी मोर्चाले बीचैमा आन्दोनल तुहाएकाले त्यसको पनि मधेसी युवाहरुले मूल्यांकन गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.