कृषि भ्रमणको बस भरतपुरमा दुर्घटना, २१ जना घाइते

 

चितवन, चैत १३ । झापाको दमकबाट किसानलाई कृषि भ्रमणका लागि काठमाडौं ल्याउँदै गरेको मिनी बस आज बिहान चितवनको भरतपुरस्थित आतारीमा दुर्घटना भएको छ ।
दुर्घटनामा २१ जना घाइते भएका छन् । घाईते मध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।