मारवाडि क्रिकेट लिग–२ मा धनगढी बिजयी, दोश्रो खेल सुरु

 

 

आनन्द पोखरेल
चितवन, १३ चैत । नेपाल राष्ट्रिय मारवाडी क्रिकेट लिग–२ आजदेखि नारायाणगढको क्याम्पा चौरमा सुरु भएको छ । प्रतियोगिता एक समारोहका विच उवासंघ चितवनका अधयक्ष राजन गौतमले उद्धघाटन गरेका थिए ।ggggggg

आजै भएको उद्घाटन खेलमा नेपालगञ्जलाई ५ विकेटले हराउँदै धनगढि विजयी भएको छ । पहिले टस जितेर व्याटिङ गरेको नेपालगञ्जले निधारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन जोडेको आयोजक संस्था नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष कञ्चनकुमार अग्रवालले जानकारी दिए ।  जवाफी व्याटिङमा उत्रिएको धनगढीले १८. ३ ओभरमा ५ विकेट गुमाऊदै आफुले पाएको १ सय ७७ रनको विजयी लक्ष्य पुरा गरेको उनले बताए।
यस्तै अहिले दोश्रो खेल पनि सुरु भईसकेको छ ।  दास्रो खेलमा नारायणगढ र जनकपुर भिड्दै छन् ।
प्रतियोगितामा जनकपुर, हेटौँडा, नारायणघाट, भैरहवा, नेपालगञ्ज र धनगढी टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । सो प्रतियोेगिता यही चैत २२ गतेसम्म जारी रहने छ ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठन नारायणगढका अध्यक्ष विशाल अग्रवालले स्वागत मन्तव्य व्यक्त गरेको उद्धघघाटन कार्यक्रममा मारवाडी सेवा समिति नारायणगढका अध्यक्ष दिनेश राठी, नेपाल राष्ट्रिय मारवाडी पषिदुका उपाध्यक्ष उमाशंकर अग्रवाल लगायतले बालेका थिए ।

.