सेढाई होल्डीङ्गमा फोर्ड गाडीको एक्सचेञ्च तथा टेष्ट ड्राईभ मेला

राजेन्द्र आचार्य
चितवन, १३ चैत । फोर्ड गाडीका ग्राहकवर्गहरुको चहानालाई मध्यनजर गदै चितवनमा तीन दिने फोर्ड एक्सचेञ्च तथा टेष्ट ड्राईभ मेला आयोजना गरेको छ । मेला अमेरिकी प्रविधिमा भारतमा उत्पादित फोर्ड गाडीको ग्राहकहरु निकै भिड समेत लागेको छ ।
शुक्रबारदेखि सुरु मेलामा विश्वविख्यता फोर्ड गाडी जुनसुकै मोडलका कार ल्याएर साट्न मिल्ने व्यवस्था गरेको सेढाई होल्डीङ्ग मोर्टस् प्रा.लिका प्रबन्ध निर्देशक निर्देश सेढाईले जानकारी दिए ।
भरतपुरको नारायणगढ ओरालो स्थित चितवनको लागि आधिकारिक विक्रेता सेढाई होल्डीङ्ग मोर्टस् प्रा.लिले फोर्ड एक्सचेञ्च तथा टेष्ट ड्राईभ मेला आयोजना गरेको हो ।
मेलामा पुराना गाडी ल्याउने ग्राहकले उच्चतम मूल्य प्राप्त गर्न सक्ने सेढाईले बताए ।
‘एक्सचेञ्जमा सहभागी हुने ग्राहकलाई विशेष छूटको पनि व्यवस्था गरिएको छ,’ सेढाई होल्डीङ्ग मोर्टस्का जनरल मयानेजर विमल पौडेलले भने– फोर्ड गाडीप्रति चितवने ग्राहकको आकर्षण बढेको छ । मेलाको अवसरमा दुई दिनमा करीब ६० जनाले टेष्ट ड्राइभ गरेका छन् । अफरसगै ग्राहकवर्गहरुलाई टेस्ट ड्राईभ, फ्रि चेक अफ, एक्सचेन्ज अफर र ईन्क्बायरी सुविधा, फाईनान्स्, बोनश र विभिन्न आर्कषक गिफ्टको समेत दिईएको थियो ।

मेला आईतबार सकिँदै छ ।