सह-सम्पादक सिग्देल र प्रमुख लेखक ज्ञावालीसहित ९ पत्रकार सम्मानित

चितवन, १२ चैत । कृषकको पक्षमा कलम चलाएको भन्दै राष्ट्रिय ब्यवसायीक पशुपालक तथा दुध उत्पादक कृषक समाज नेपालको प्रथम साधारणसभा नेपाल सरकारका पशुपंक्षी बिकास मन्त्री शान्ता मानवीको हातबाट सौराहा अनलाईनका सह सम्पादक सौराहा अनलाईनका सह सम्पादक प्रकाश सिग्देल, प्रमुख लेखक टिप्पणीकार प्रकाश ज्ञावाली सम्मानित भएका छन ।Untitled

सिग्देल र ज्ञावाली सहित पत्रकार महासंध चितवनका अध्यक्ष हरि प्रसाद पोख्रेल, राससका पत्रकार नारायण ढुङ्गाना पत्रकार रमेश कुमार पौडेल, पत्रकार सुमन गैरे पत्रकार, टिकादत्त तिमिल्सेना लगायत ९ जना एक साथ सम्मानित भएका हुन् ।

चितवनको क्रियाशिल पत्रकारितामा सक्रिय सम्मानित पत्रकारहरुले कृषि र कृषकका मुद्दालाई सशक्त रुपमा उठाएको समाजले जनाएको छ । समाजको प्रथम राष्ट्रिय साधारणसभामा पशुपक्षी विकास मन्त्री शान्ता मानवीले गरेकी थिईन् । सो अवसरमा बोल्दै मन्त्री मानवीले नेपालमा अनुत्पादक पशुको व्यवस्थापन ठूलो चुनौतीको रुपमा रहेको बताईन् । साथै उनले यसतर्फ आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो ।

बूढी भएका गाईको व्यवस्थापनमा ठूलो समस्या रहेको भन्दै उनले यसको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिईन् ।

“यस्ता गाईलाई एउटा फार्म बनाएर राखी त्यसबाट मलमूत्र सङ्कलन गरेर कृषि उत्पादनमा लगाउन सकिन्छ,” मन्त्री मानवीले भनिन्, “अनि मरेपछि हाड, छालालगायतका अवशेष पनि उपयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान जानुपर्छ ।”

मन्त्री मानवीले सरकारले अहिले पशुपालन व्यवसाय विकासका लागि ४० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको पनि स्मरण गराए।
मन्त्री मानवीलाई देशका विभिन्न जिल्लाबाट आएका किसानले पशुपालनका विषयमा ११ बुँदे मागपत्र समेत बुझाएका छन् ।

मागपत्रमा सहुलियत ब्याजमा ऋण दिनुपर्ने, अनुत्पादक पशुको व्यवस्थापन गर्नुपर्ने, मेसिनरी र भौतिक पूर्वाधारमा अनुदानको व्यवस्था गर्नुपर्ने, घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्नुपर्नेलगायतका माग रहेका छन् ।12472432_357248917779219_2344941830280530320_n

मागपत्र ग्रहण गरेपछि मन्त्री मानवीले किसानका माग जायज भएको प्रतिक्रिया दिँदै एक वर्षमा अन्डा, दुई वर्षमा दूध र तीन वर्षमा मासुमा आत्मनिर्भर हुने गरी अघि बढ्न किसानलाई आग्रह गरिन्। भेलामा देशका ४० जिल्लाबाट किसान सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published.