नेपालमा ६२ प्रतिशत मुत्यूदरको मुख्यकारण सुर्तिजन्य पर्दाथ, पुरा निष्कर्ष पढ्नुहोस् ।

सौराहा, १२ चैत । चितवनको सौराहामा आज सुर्तिजन्य पर्दाथ नियन्त्रण तथा नियमन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । Tobaccoo-640x480स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य कर कोषको सचिवालयले आयोजना गरेको सो कार्यक्रममा नेपालको कुल जनसंख्याको झण्डै ५० प्रतिशत मानिसले खुलेयाम तथा लुकीछिपी सुर्तिजन्य प्रदार्थ सेवन गर्ने गरेको जानकारी दिईएको थियो । स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा सुर्तिजन्य पर्दाथको सेवनबाट हुने मुत्यूदर ६२ प्रतिशत रहेको बतानुभयो ।

विश्व स्वास्थ्य संगठनकी नसर्ने रोगको श्रोत व्यक्ति डा.लोनिम प्रसाई दीक्षितले सुर्तिजन्य पर्दाथको सेवनबाट लाग्ने नसर्ने रोगका कारण मर्नेको मुत्यूदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मुल्यू दर २७ प्रतिशत रहेको जानकारी दिनुभयो । कार्यक्रममा व्यवस्थापिका संसद अन्र्तगतको महिला,वालवालिका तथा समाज कल्याण समितिकी सभापति रन्जु कुमारी झाले सुर्तिजन्य पर्दाथ नियन्त्रण ऐन प्रभावकारी रुपमा कायान्वयन नभएका कारण सुर्तिजन्य पर्दाथको सेवनबाट मुत्युहुनेको संख्याका कमी ल्याउन नसकिएको बताउनुभयो ।

सो अवसरमा अन्र्तक्रियाका प्रमुख स्रोत व्यक्ति एक्सन नेपालका नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनमा चित्रअंकित चेतावनी मूलक सन्देशको प्रभावकारीता तथा ९० प्रतिशत सन्देश लागु गर्न सञ्चारकर्मी, राजनितिककर्मी, अधिकारकर्मी र ससाद र डाक्टरहरुको सहयोग र भूमिकाका बारेमा विशेष कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा साँसद तथा पूर्व स्वास्थ्य राज्य मन्त्री बंशिधर मिश्रले नसर्ने रोगको नियन्त्रणको लागि साँसदहरुको भूमिका, विश्व स्वास्थ्य संगठनकी नसर्ने रोगको श्रोतव्यक्ति डा.लोनिम प्रसाई दीक्षितले नेपालमा नसर्ने रोगको अबस्था,रोग लाग्नुको कारण र नियन्त्रणका लागि भएका प्रयासहरु र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षम जयराज सापकोटाले सुर्तिजन्य पर्दाथको ऐन कानुनको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यपत्र माथी विपी कोइराला मेमोरियल अस्पताल भरतपुरका अध्यक्ष डा.प्रकाश न्यौपाने र साँसद डा.उषा किरण अन्सारी,व्यसायी गोपालराज कर्मचार्यले टिप्पणी गरेका थिए । कार्यक्रममा दुई दर्जन साँसद,स्वास्थ्य मन्त्रालयका सचिव,उपसचिव तथा डाक्टरहरुको सहभागिता रहेको थियो ।

यस्तो छ, निष्कर्ष  । पुरा निष्कर्ष पढ्नुहोस् ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयद्धारा चितवन जिल्लाको सौराहामा आयोजित सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी अन्तरक्रिया कार्यक्रम व्यवस्थापिका संसदको महिला वालवालिका जेष्ठ नागरिक र समाज कल्याण समितिका सभापती सहितका सदस्यहरु, स्वास्थ्य मन्त्रालय, सुरक्षा निकाय, सरोकारवाला सरकारी निकायहरुका प्रतिनिधि, निजी तथा गैरसरकारी संस्थाहरुका प्रतिनिधि र पत्रकार समेतको सहभागितामा सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने क्यान्सर रोगले प¥ुयाएको असरलाई दृष्टिगत गरी गरिएको व्यापक छलफलबाट देहाय वमोजिमको निष्कर्ष निकालिएको छ ।

१ । सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्वन्धी मौजुदा कानून प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

२। सूर्तिजन्य कच्चा पदार्थको खुला आयात र अवैध आयातमा रोक लगाउन सम्वन्धित निकायहरुलाई सक्रिय गराउने ।

३। सूर्तिजन्य पदार्थमा लगाइदै आएको करको दर विश्वमै सबैभन्दा कम भएको पाईएकोले करको दरमा पुनरावलोकन गरी सोको दरमा वृद्धि गर्न अर्थ मन्त्रालयलाई अनुरोध गर्ने ।

४। सूर्तिजन्य पदार्थको सेवनवाट हुने हानि नोक्सानीका समवन्धमा शिक्षा सम्वन्धी सवै तहको पाठ्यक्रममा समावेश गर्न शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।

५ । सूर्तिजन्य पदार्थको उत्पादन गर्ने उद्देश्य लिई विगतमा स्थापित उद्योगलाई नियमन गर्ने र नयां अनुमति दिने कार्यलाई रोक्न ऐन कानूनमा समसामयिक संशोधन परिमार्जन गर्न उद्योग मन्त्रालयलाई अनुरोध गर्ने ।

६। जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि टेलिभिजन, रेडियो, एफ.एम., प्रिन्ट मिडिया लगायतका सञ्चार माध्यममार्फत व्यापक प्रचार—प्रसार गर्ने व्यवस्था मिलाउने ।

७। सूर्तिजन्य पदार्थको सेवनवाट हुने हानि नोक्सानीका सम्वन्धमा सरकारी निकाय, गैर सरकारी संस्था, नागरिक समाज लगायतका सरोकारवाला निकायहरु मार्फत जनचेतना अभिवृद्धि सम्वन्धी कार्य गराउने ।

८। सूर्तिजन्य पदार्थको नियमन र नियन्त्रणलाई व्यवस्थित गर्न मौजूदा अनुगमन संयन्त्रमा समायनुकुल सुधार गर्ने र अनुगमनवाट प्राप्त प्रतिवेदन वार्षिक रुपमा सार्वजनिक गर्ने ।