माईक्रो र कार एकआपसमा ठक्कर खादा एकको मृत्यु ,तिन घाईते

दयाराम आचार्य ।
नवलपरासी,चैत्र ११ ।
नवलपरासीको रामनगरमा बिहीबार माईक्रो र कार एक आपसमा ठक्कर खादा एक जनको मृत्यु भएको छ । अन्य तिन जना घाईते भएका छन । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय नवलपरासीले दिएको जानकारी अनुसार पुर्व पश्चिम राजमार्ग अन्र्तगत रामनगर १ हरकट्टापुल नजिक पश्चिम बाट पुर्व तर्पm आउदै गरेको लु १ ख ९४ ५९ नम्बरको माईक्रो र बिपरीत दिशाबाट आउदै गरेको बा ७ च ४५ २४ नम्बरको कार एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाईते भएका बुटवल उपमहानगरपालिका १५ निवासी ६५ बर्षिय सन्त बहादुर कार्कीको उपचारको क्रममा लुम्बिनि अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परी सोहि ठाउ निवासी ६० बर्षका पुर्षोतम बस्याल,६० बर्षकै सुदर्शन शर्मा र ३७ बर्षका झपिन्द्र थापा घाईते भएका छन । घाईते मध्य पुर्षोतम बस्यालको अवस्था गम्भिर रहेको र घाईते सबैको बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।