वार्षिकोत्सवमा वृद्धवृद्धालाई खाना खुवाइयो

देवघाट, ११ चैत
भरतपुर उपमहानगरपालिका वडा नम्बर ३ नारायणगढमा रहेको विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवघाटका वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ ।

तेस्रो वार्षिकोत्सवको अवसर पारेर संस्थाले देवघाटमा रहेको रोटरी करुणालयमा बिहीबार साँझको खाना खुवाएको हो । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै रोटरी करुणालयका वृद्धवृद्धाहरुलाई खाना खुवाएको अध्यक्ष यमबहादुर बिकले बताए । तेस्रो वार्षिकोत्सवको अवसरमा वृद्धवृद्धाहरुलाई सम्मान तथा भोजन कार्यक्रममा संस्थाले सय जना भन्दा बढी वृद्धवृद्धालाई भोजन गराएको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष विकेले जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुपर्ने बताएका छन् ।

IMG_0036अहिलेका युवाहरु पनि भोलिका दिनमा वृद्धवृद्धा हुनुपर्ने भएकाले सबैले जेष्ठ नागरिकलाई सम्मान गरेमा आफूले पनि पछि सम्मान पाउने विकले बताए । संस्थाले आगामी दिनमा समेत करुणालयमा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउने प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी, संस्थाका अध्यक्ष यमनारायण विकेले हरेक वर्षको कात्तिक ४ गते आफ्नो पितृको पूण्य तिथी पारेर वृद्धाश्रममा खाना खुवाउने बताए । बिहीबारको सम्मान तथा खाना खुवाउने कार्यक्रममा व्यवसायी एवम् समाजसेवी ज्ञानेन्द्रमान शाक्य, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष विपिन रामुदामुलगायतको उपस्थिति रहेको थियो ।