हात्ती र गैडा चोकमा सौरेलीको यस्तो रह्यो होली……

चितवन, ११ चैत । प्राय पर्यटकहरुलाईू सेवा दिन तल्लिन सौराहामा मंगलबार र बुधारबार छुटै खाल रौनकता थियो ।
काम व्यस्त रहने सौरेली यि दुई दिन भने निकै व्यस्त देख्थिे ।
रंगै रंगको पर्वको रुपमा चिनिने होलिलाई सम्प्रदाय अनुसार फरक फरक तरिकाले मनाउन उनीहरु आरुत देखिएका थिए ।
सौराहा पुग्ने वित्तकै देखिने हात्तीचोकमा मंगलबार सौराहा जेसिस र बुधबार रेष्टुरेन्ट एड बार एसोसिएसन नेपाल रेवान सौराहाले गैडाचोकमा आयोजना गरेको होलीमा सौरेली पर्यटकहरुसगंै रमाउदै निकै खुसी देखिएका थिए ।
नकि भुकम्प र नाकावन्दीले पारेको प्रभाव र असर समेत भुलेका थिए । होलिमा रंग दलेर आत्मीयता साटासाट समेत गर्ने उनीहरुलाई चटारो थियो ।
दुई संस्थाले आयोजना गरेको होली कार्यक्रमले दुई दिन नै सौरेलीलाई एक आपसमा भेटघाट र छिमेकमा भएका तिक्ततालाई अन्त्य गर्ने समेत सफल सावित भएको रेवान सौराहाका अध्यक्ष रेवान लालबाहादुर भट्टले बताए ।
यस्तै सौराहा जेसिसका अध्यक्ष रामशरण सिलवालले नेपाली संस्कृतिलाई विदेशीहरु माझमा पनि पहिचान गराउन दुई संस्थाले आयोजना गरेको होली उपयोगी भएको बताए ।