प्रधानमन्त्रीको चीन भ्रमण र नेपालका अवसर र चुनौती

नेपाल र चिनविचको सम्वन्ध नेपाल र भारतसँगको सम्वन्ध जत्तिकै पुरानो छ । नेपालका कलाकार अरनिकोको कला र नेपाली चेली भृकुटीको पालादेखिको प्रचीन सम्वन्ध भएको उत्तरी छिमेकी हो चीन , विश्वको अर्थतन्त्र र शक्तिमा अगाडी रहेको मित्रराष्ट्र चीनको साताव्यापी भ्रमणमा छन नेपालका प्रधानमन्त्री के.पी.शर्मा वली । 12899778_1081790658530004_1334079544_nयो भ्रमण अन्य समयका प्रधानमन्त्रीको भन्दा फरक छ कारण भारतको लामो नाकावन्दी र भारतको सँधैको हेपाहा प्रवृतिको सामना गर्नुपर्ने नेपालीहरुको वाध्यता लगायतका कारणपनि यो भ्रमण सवैले चासोका साथ लिएको भ्रमण हो । प्रधानमन्त्री के।पी। शर्मा वलीको चिन भ्रमणका क्रममा भ्रमणको दोस्रो दिन भएको १० वुँदे पारवहन सम्झौता नेपालका लागि चुनौती र अवसर दुवै हुन ।
अवसरहरु :
१. हिमाली र पहाडी क्षेत्रको विकास  : नेपालमा वर्तमानमा हेर्दा जनसंख्या तराई क्षेत्रमा केन्द्रिकृत भएको छ । हिमाल वा पहाडी क्षेत्रमा जनसंख्याको चाप एकदमै कम छ , कारण हो विकासका पुर्वाधार वा सेवासुविधा उपलव्ध नहुनु । नेपालको उत्तरी छिमेकी चिनसँग केरला नाका लगायत हिमाली क्षेत्रको पुर्वबाट पश्चिमसम्म प्रस्तावित नाकाहरु खोल्न सकियो भने पक्कै त्यस क्षेत्रबाट बसाइसराई गर्ने दर कम हुनेछ साथै त्यस क्षेत्रमा वाटोघाटो , पुल, पुलेसा लगायतका विकासका पुर्वाधारहरुको विकास हुन गई विकासको गतिले फडको मार्ने आशा गर्न सकिन्छ ।
२. भारतको एकाधिकारको अन्त्य : नेपाल विगतदेखि स्वाधिन र सार्वभौम राष्ट्रको रुपमा विश्वसामु आफ्नै छुट्टै सान र मानका साथ हिमालयको देशका रुपमा चिनिदै आएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्दको जन्मभुमि नेपालमा भारतले विभिन्न समयमा आफ्नो प्रतिकुलका निर्णयहरु हँुदा आफ्नो अनुकुलमा निर्णय गराउन नाकावन्दी र आफ्ना दुतमार्फत आफ्ना स्वार्थका कुरा पेश गरेर नेपालमाथि ठुल्दाई प्रवृति देखाउँदै आएको छ । कारण हो हाम्रो आयत व्यापार भारतमुखि हुनु र हरेक कुराको लागि भारतको भर पर्नुपर्ने वाध्यता तर चिनसँगको पारवहन सम्झौताले भारतको हेपाहा प्रवृतिलाई झापड हान्ने काम गरेको छ त्यसको फलस्वरुप सम्झौताको २४ घण्टा नवित्दै भारतिय विदेश मन्त्रालयले विज्ञाप्ति समेत निकालेको छ ।

चुनौतीहरु :
१. भौगोलिक विकटता  : नेपालको हिमाली क्षेत्रबाट चिनसम्मको दुरी भौगोलिक हिसावले विकट र चुनौतीपुर्ण छ । स्थलमार्गको स्तरउन्नती र नयाँ नयाँ भौगोलिक नाकाहरु खुला गर्न भौगोलिक हिसावले चुनौतीपुर्ण नै मान्न सकिन्छ ।
२.सम्झौता सम्झौतामा मात्र सिमित हुनसक्ने : नेपाल र चीनविच विगतमा पनि केही नाकाहरुको स्तरउन्नती गर्ने र द्धिपक्षिय हितका विषयमा सम्झौता भएका थिए तर त्यसको कति कार्यान्वयन भयो भएन त्यो अर्को पाटो भयो । अर्कातर्फ भारतको प्रवृति कस्तो छ भने दियोभने पनि त्यहीअनुसार र लियोभने पनि त्यहीअनुसार लिने गरेको छ । त्यसैले भोलीपनि भारतले त्यस्तै नगर्ला भन्न सकिदैँन त्यसकारण यसको कार्यान्वयनतर्फ पनि अग्रसर हुनुपर्दछ ।
नेपाल र भारत अनि नेपाल र चीनविचको सम्वन्ध निकै पुरानो र विशेष प्रकारको छ । तर भारतले हाम्रो स्वभिमानलाई हाम्रो पहिचानलाई डिजल र पेट्रोलमा साटन खोजिरहन्छ सँधै, हाम्रा जँगे पिल्लरहरुमा कुदृष्ट्रि लगाउछ समय समयमा, त्यसैले हामीले दक्षिणी छिमेकी भन्दा उत्तरी छिमेकी ठिक छ कि भन्ने सोचले पारवहन सम्झौता गरेका छौँ तर विगतमा लिपुलेकको नक्कली लालपुर्जा भारत र चीनले बनाएको इतिहासको पनि हेक्का छ हामीलाई हामी विस्तारै वामे सर्दैछौँ विकासको गतिमा, यस्तो अवस्थामा विदेशीको केही प्रतिशत साथ चाहिन्छ तर हामी १०० प्रतिशत कुरामा साथ खोज्न थाल्यौँ भने हामी फेरी दुनियाँको १ नम्वर गरिव र अरुको उपनिवेशिक भएको राष्ट्रको रुपमा रहनेछौँ त्यसैले तत्कालका लागि दक्षिण छोडेर उत्तर लाग्नु स्वभाविक हो तर सँधै उत्तर र दक्षिणको भर परेर वसियो भने हाम्रो विकास कहिल्यै हुने छैन त्यसैले लागौँ आर्थिक सम्वृद्धि तर्फ ।

Leave a Reply

Your email address will not be published.