चितवनमा यसरी खेलियो होलि (तस्विर कथा)

चितवन, १० चैत
रंगै रंगको पर्वको रुपमा चिनिने होलिलाई सम्प्रदाय अनुसार फरक फरक तरिकाले मनाउने गरिन्छ । होलिमा रंग दलेर आत्मीयता साटासाट समेत गर्ने गरिन्छ ।

एक आपसमा रंग दल्दै सामाजिक सञ्जालमा सक्रिय युवाहरु ।
एक आपसमा रंग दल्दै सामाजिक सञ्जालमा सक्रिय युवाहरु ।

वर्षभरी छिमेकमा भएका तिक्ततालाई अन्त्य गर्ने पर्वको रुपमा समेत होलि परिचित रहेको छ । नेपालका धेरै पर्वहरु पौराणिक ग्रन्थबाट आएका छन् । होलि पनि पौराणिक ग्रन्थबाट आएको एउटा सांस्कृतिक पर्व हो ।
पौराणिक युगमा भक्त प्रह्लादलाई भष्म गराउनको लागि हिरण्यकशीपुले आफ्नी बहिनी होलिकालाई आग्रह गर्छ । ब्रह्माजीबाट आगोले पनि नडढ्ने साडी बरदान पाएकी होलिकाले भक्त प्रह्लादलाई जलाउनको लागि अग्निमा बस्छे तर त्यति नै बेला बेगले चलेको हुरीले होलिकाको साडी उडाएर उसलाई भष्म पारिदिन्छ तर भक्त प्रह्लाद सुरक्षित रहन्छन् । भक्त प्रह्लाद सुरक्षित भएपछि हर्षोल्लास गर्दै अबिर जात्रा मनाइएको किंबदन्ती छ ।
IMG_0145त्यसैदिन देखि होलि पर्व मनाउने र फागू पूर्णिको साँझमा आगोमा चिर दहन गर्ने काम समेत गर्ने गरिन्छ । पहाडी क्षेत्रमा फागू पूर्णिमाको दिनमा होलि मनाइन्छ भने तराई क्षेत्रमा पूर्णिमा र प्रतिपदा गरि दुई दिन होलि मनाउने गरिन्छ । होेलिका अवसरमा साथीभाइहरुसँग भेटघाट गरि रंग दलेर आपसी सद्भाव बाँड्दै देशैभरी होलि मनाइएको छ ।
चितवनमा पनि साथीभाइ, इष्टमित्र, छरछिमेकी मिलेर होलि पर्व मनाएका छन् । युवा जमातहरु झुण्डझुण्डमा एकत्रित होलि मनाइएको रहेका पनि छन् । होलिमा विकृति भित्रीदै गएको अवस्थामा चितवनका युवा ट्वीटेहरु पनि आफ्नै तरिकाले होलि मनाएका छन् ।
IMG_0050सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय रहेका ट्वीटेहरु एक आपसमा आत्मीयता साट्दै होलि मनाइरहेका थिए । फरक फरक ठाउँका युवाहरु जम्मा भएर होलिको आत्मीयता बाँड्दै गर्दा उनीहरु एक आपसमा परिचित हुने अवसर समेत मिलेको ट्वीटरमा सक्रिय रहेका रत्ननगर चितवनका सुशील चालिसेले बताए । होलिमा विकृति भित्रिदै गएको अवस्थामा युवाहरुले थोरै भएपनि संस्कृति जगेर्ना गर्नको लागि आफ्नो ठाउँबाट पहल गर्नुपर्ने चालिसेको भनाइ छ ।
त्यसैगरी, पर्सा चितवनका अर्का ट्वीटे अभिनयले नयाँ नयाँ साथीहरुसँग होलि खेल्न पाउँदा आसध्यै रमाइलो भएको प्रतिकृया दिए । नयाँ साथीहरुसँग होलि मनाउन पाउँदा यस वर्षको होलिले नयाँ अनुभूति गराएको अभिनय बताउँछन् ।
IMG_0096खैरहनीमा रहेको बैंकमा जागिर गर्दै आएका दिलेश अर्यालले नयाँ साथीहरुसँग होलि मनाउन पाउँदा घरको याद समेत बिर्सेको बताए । घरदेखि टाढा रहेर काम गर्दै गर्दा पनि सामाजिक सञ्चालमा कुराकानीमा रहेका साथीहरुले घरको याद कम गराएको भन्दै यो वर्षको होलि आफ्नो लागि ऐतिहासिक भएको उल्लेख गरे ।
होलि हाम्रो सांस्कृतिक पर्व हो । जो जहाँ भएपनि जसरी रहेपनि हाम्रो संस्कृतिलाई सभ्य र मर्यादित ढंगबाट मनाउन सबैजनाले पहल गर्नु आवश्यक छ । पुस्ता हस्तान्तरण सँगै संस्कृति हस्तान्तरण पनि एउटा महत्वपूर्ण पाटो हो । यस पर्वको संरक्षण गर्दै जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।

IMG_0032

IMG_0132 IMG_0202

Leave a Reply

Your email address will not be published.