पेट्रोलियममा कालो बजारी गर्नेलाई कारबाही गरिने

चितवन, ०९ चैत । पेट्रोलियम पदार्थमा कालोबजारी गरेको सूचना वा जानकारी पाएमा खवर गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।
कालोबजारीमा पेट्रोलियम पदार्थ विक्रि वितरण गरेको पाएमा मिडियामा भन्नुपुर्व प्रशासनिक निकायमा खवर गर्न समेत कार्यालयले आग्रह गरको छ । जिल्लामा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसकिरहेको र कालोबजारी भएका जनगुनासाहरु बढेसँगै कार्यालयले छलफल कार्यक्रमको आयोजना गरेको हो ।
छलफलको क्रममा बोल्दै उपभोक्ता अधिकार मञ्चका मन बहादुर रानाभाटले अझैपनि कालोबजारी गर्दै महंगो मूल्यमा पेट्रोलियम पदार्थको बेचविखन भइरहेको बताए । अनुगमन काम समेत प्रशासन बाट प्रभावकारी हुन नसकेको रानाभाटको भनाइ छ । उपभोक्ता अधिकार संरक्षण मञ्च क्षेत्र नं. ३ का सह संयोजक नविन प्रकाश अधिकारीले पेट्रोलियम पदार्थका लागि लाइनमा बस्ने क्रमलाई रोक्नुपर्ने बताएका छन् ।
ट्रान्परेन्सी इन्टरनेशलन चितवनका अध्यक्ष शैलेन्द्र कमार श्रेष्ठका अनुसार प्रशासनको आंखा छलेर पेट्रोलपम्पहरुले कालोबजारी गर्दै पेट्रोलियम पदार्थ बेचविखन भइरहेको छ । पहुंचवाला व्यक्तिहरुले भनेको अवस्थामा पेट्रोलियम पदार्थहरु पाउनु र सर्वसाधारण जनताहरुले अझै पनि पेट्रोलियम पदार्थ पाउन नसक्नु पेट्रोलपम्पहरुको कमजोरी रहको बताएका छन् । पम्पमा जाँदा नपाइएको पेट्रोलियम पदार्थहरु बाहिर कालोबजारी गर्दै विक्रिवितरण भइरहेकाले पम्पले प्रभावकारी रुपमा वितरण नगरेको श्रेष्ठको भनाइ छ ।
छलफलको क्रममा बोल्दै पेट्रोलियम डिलर एशोसियसन चितवनका अध्यक्ष काशिराज पाठकले चितवनका सबै पम्पहरुमा डिजेल वितरण असहज नभएको जानकारी दिएका छन् । पेट्रोलको हकमा भने दैनिक खपत ४० देखि ४५ हजार लिटर भएपनि सो अनुरुपमा पेट्रोल जिल्लामा नआएकोले पेट्रोलमा भने वितरण असहज भएको पाठकले स्वीकार गरेका छन् । पेट्रोलपम्पहरुले कालोबजारी गरेको जनगुनासो आएपनि यो सत्य नभएको पाठकको भनाइ छ ।
पाठकका अनुसार पेट्रोलपम्पहरुले पेट्रोलको विक्रिवितरण गर्दा जिल्ला प्रशासनले खटाएको सुरक्षाकर्मीहरुको रहोवरमा बिक्री वितरण गरेको छ । जिल्लामा ७० प्रतिशत मात्रै पेट्रोलको आपुर्ति हुंदा समस्या परेको पाठकको भनाइ छ । छलफलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्त बहादुर कुंवरलले कानुन विपरित गएर पेट्रोलियम पदार्थको बेचेविखन गर्ने, कालोबजारी गर्ने, लागतयलाई कारवाही गरिरहेको जानकारी दिएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको कालोबजारी नहोस् भन्नका लागि विभिन्न समयमा अनुगमन गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले फागुन १७ गतेबाट कुपन प्रणाली हटाएर अत्यावश्यक सेवाका लागि करिब १० प्रतिशत मात्र कुपन जारी गरेको छ । ९ जना व्यक्रिहरु माथि ७ वटा कालो बजार सम्बन्धी ऐन अन्तरगत मुद्दा दायर गरेको सिंहले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.