रुपन्देहीमा ७ वर्षीया बालिका बलात्कृत

सलमान खान

भैरहवा, ९ चैत । रुपन्देहीमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
चबउभमरुपन्देही हाटिबनगाई ४ का १७ वर्षीय सन्जय कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले स्थानीय बालिकालाई चकलेट दिने बहानामा आफ्नो घरमा बोलाएर बलात्कार गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० रामेश्वर कार्कीले जानकारी दिए ।
बलात्कार गरेपछि कुँवर फरार भएको र जिल्लाको अमवा गाउँस्थित बाजे बाजैको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।
कुँवर माथि जिल्ला अदालत रुपन्देहीमा जबरजस्ती करणी मुद्दा दर्ता गरी थप म्यादमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बेलहियाबाट लागुऔषध सहित ३ युवा पक्राउ
यसैबीच रुपन्देहीको सिमानाका बेलहियाबाट लागुऔषध सहित ३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देही बुटवल उपमहानगरपालिका ५ का ३१ वर्षीय सागर रिजाल सोही स्थानका ३६ वर्षीय हिमाल गौचन र रुपन्देही सालझण्डी ४ का १७ वर्षीय नारायण बस्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेका रिजाल र गौचनको साथबाट लागुऔषध कोरेक्स एक सय एमएलको ७ बोतल र ९ ट्याबलेट नाइट्राभेट बरामद भएको रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० रामेश्वर कार्कीले जानकारी दिए । लु १९ प १५८६ नम्बरको मोटरसाइकलको सिट भित्र लागुऔषध लुकाएर ल्याइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
त्यस्तै पक्राउ परेका बस्याललाई सुनौलीबाट २ ग्राम ३ सय मिलीग्राम लागुऔषध ब्राउन सुगर आफ्नो शरिरमा लुकाएर ल्याइरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।
पक्राउ परेका ३ जना युवाहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.