चितवन सुनचाँदी व्यवसायी संघको विशेष भेला

नारायणगढ,चैत ८ । चितवन सुनचाँदी व्यवसायी संघको विशेष भेला नारायणगढमा भएको छ ।rrrr
भेलामा व्यवसायिक समस्या र समाधानका ऐजेण्डाका विषयमा छलफल भइरहेको छ ।

यसैगरी यहि चैत १५ गते काठमाडौंमा आयोजना गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो वार्षीक साधारणसभामा सहभागी हुने सम्बन्धमा पनि छलफल भइरहेको संघका पदाधिकारीले बताएका छन् ।
संघका अध्यक्ष विपिन रामुदामुको सभापतित्वमा भएको उक्त भेलामा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्य,अर्जुन रसाईली, सल्लाहकार चित्रबहादुर खाती,गोविन्द पाध्य, यम वि.के लगायतको उपस्थिती रहेको छ ।rrr
नेपाल सुनचाँदी व्यवसायी महासंघले चैत १५ गते आयोजना गरेको साधारणसभामा सहभागी हुन सवै जिल्ला संघ,नगर संघका प्रतिनिधी र एसोसियट सदस्यहरुलाई सुचना जारी गरिसकेको महासंघका महासचिव दियेशरत्न शाक्यले जानकारी दिनुभएको छ ।