रेडक्रस चितवनको सभापतिमा ज्ञानशाली

चितवन, ०८ चैत ।। नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापतिमा ज्ञानशाली न्यौपाने सर्वसमत चयन भएका छन् । जिल्ला शाखाको ४४ औ जिल्ला अधिवेशनबाट न्यौपाने सभापतिमा चयन भएका हुन् । Gansali sir

शाखाका सभापति हरिप्रसाद न्यौपाने केन्द्रिय उमन्त्री भएपछि रिक्त रहेको पदमा जिल्ला शाखा मन्त्री समेत रहेका ज्ञानशाली न्यौपाने सर्वसमत चयन भएको शाखाका प्रशासकीय अधिकृत जगन्नाथ न्यौपानेले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उप–सभापति महेन्द्रप्रसाद सिहं प्रमुख अतिथि रहेको सभामा केन्द्रिय उपमन्त्री हरिप्रसाद न्यौपाने, स्थानिय विकास अधिकारी श्रवणकुमार पोख्रेरल, नेपाली काग्रेसका सभापति जितनारायण श्रष्ेष्ठ, एमालेका जिल्ला प्रतिनिधि खोमकान्त रेग्मी, एकता शिशु निकेतनका प्रचार्य बालहरि देवकोटा, डा सूर्यकान्त घिमिरे लगायतले बोलेका थिए ।
जिल्ला कार्यवाहक सभापति रत्नप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा मन्त्री ज्ञानशाली न्यौपानेले बार्षिक प्रगती प्रतिवेद र कोषाध्यक्ष अनिता मैनालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए । भने उपमन्त्री विदुर केसीले रेडक्रसको सिद्धान्त वाचन गराएका थिए ।