नक्कली बाबुराम नायक बन्नेपछि………….(तस्वीरसहित)

 

राजेन्द्र आचार्य
चितवन, ०८ चैत । हास्य टेलिचलचित्रका लोकप्रिय पात्र चर्चित हास्य कलाकार ज्योति काफ्ले (नक्कली बाबुराम) अबदेखि नायकको रुपमा समेत देख्न पाईने भएको छ ।12498934_1280868741942789_1289435497_n
“लालजोडी चलचित्रमा प्रमुख अभिनेता को रुपमा डेब्यु गर्दै नक्कली बाबुरामलाई अबदेखि नायकको रुपमा समेत देख्न पाईने भएको हो । 12674317_1280867471942916_1586521224_n
मेरी बास्सै र तितो सत्यमा नक्कली बाबुराम भट्टराई र के.पी ओलीको भूमिकामा देखिने चर्चित हास्य कलाका काफ्ले “लालजोडी चलचित्र मार्फत पहिलो पटक नायक भएका हुन । हास्य बिधामा आधारित चलचित्रमा उनीसहित सम्पुर्ण कलाकारहरु हास्य सिरियलका छन् । यो मेरो ठूलो फड्को हो–नव नायक काफ्ले भने–अब नायक भएर अभिनय गर्दा पनि त्यतिकै माया पाउने छु ।12516019_1280868645276132_1004174073_n

काफ्लेलाई चलचित्रमा नायिकाद्वय रजनी के.सी र आयुष्मा कार्कीले साथ दिएका छन् ।
साथमा बुद्धि तामाङ (हैट), गोबिन्द कोइराला (जयेन्ते), पुरन थापा, सिपी पौडेल, मधुसुदन पाठक (ए हो ठिकैछ), यादव पुडासैनी, ज्याक श्रेष्ठ आदिको अभिनय हेर्न पाइनेछ । चलचित्र आगामी २०७३ सालको भाद्र १७ गते शुक्रबार देशैभरी एकसाथ लाग्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा एउटा रमाइलो गीतमा स्वयम् नक्कली बाबुरामको पनि स्वर सुन्न सकिने छ । 12516471_1280891578607172_1448815289_n
पूर्ण हास्य विधामा आधारित चलचित्रमा रोमान्स, गीतसङ्गीत अनि द्धन्द्धको पनि भरपुर मनोरन्जन लिन सकिनेछ । चलचित्रलाई सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्माण र निर्देशन गरेका हुन् ।
चलचित्रमा द्वन्द्व अष्ट महर्जन, छाँयाकन रामेश्वर कार्की, र नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।

Leave a Reply

Your email address will not be published.