साउदीमा २५ नेपाली पक्राउ, धनुषाका मात्रै १२ जना

जनकपुर, चैत ८ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका २५ जना नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका मात्रै १२ जना रहेको जनाइएको छ ।jail
साउदीको रूवाफिद अल ट्रोक कम्पनीले कामको लागि अनुमतिपत्र नदिएको र प्रक्रियासमेत पूरा नगराएका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेका शिवकुमार मण्डलले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनुषाका देवनारायण पासवान, भरोसी मण्डल, लालबाबु सहनी, उत्तिम मण्डल, जीवछ साह, नागेन्द्र महरा, उमेश साह, रामबाबु, रामनारायण यादव, सुलेमान र सुरेश साह रहेका छन् ।
साउदी रियाज अफ अलफर्ज सिसिबलदिया प्रहरीले पक्राउ गरिएकालाई जेल चलान गरिसकेको छ । मण्डलले आफूलगायतलाई प्रहरीले एक महिनादेखि हिरासतमा राखी अनुुसन्धान गरिरहेको बताए । (रासस)

Leave a Reply

Your email address will not be published.