चितवन मेडिकल कलेजको उपचारमा अवरोध, बसमा तोडफोड

भरतपुर, ०७ चैत । चितवन मेडिकल कलेजमा विगत केही दिन देखि विभिन्न मागहरु राखेर यस अस्पतालमा कार्यरत एटेण्डरहरुले शान्तिपूृर्ण आन्दोलनको नाममा अस्पतालको नियमित उपचार सेवा ओपीडीमा अवरोध गरेको भन्दै अस्पताल प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।Chitwan-Medical-College
आइतबार विहान पौने ८ वजे अवरोध पु¥याएकोमा अस्पताल व्यवस्थापन पक्षले ओपीडी सेवामा कुनै अवरोध नगरौं भनी गरेको आग्रहलाई वेवास्ता गरि झनै अस्पतालका व्यवस्थापन पक्ष र अन्य कर्मचारीलाई समेत अनावश्यक गालीगलौज र हातपात समेत गरी अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तनावको स्थिति सृजना गरेर अवरोध पारेको र अस्पताल जस्तो अत्यावश्यक सेवा प्रवाह क्षेत्रमा विरामीले सहज उपचार सेवा पाउने वातावरणमा असर पारेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।
आन्दोलनको नाममा अस्पतालका अन्य कर्मचारीमाथि भएको मौखिक तथा शारीरिक दुब्र्यबहारको अस्पताल प्रशासन घोर भत्र्सना समेत गरेको छ ।
त्यस्तै आन्दोलनरत उक्त उश्रृङखल अराजक समूहले चितवन मेडिकल कलेजमा वसमा आइतबार दिउँसो ४ वजेको समयमा त्रि–चोकमा तोडफोड गरेका छन् । बा १ क ८११७ नम्बरको वसको अगाडिको भागमा पूर्ण क्षति पुगेको छ ।
२०७२ साउन महिना देखि सेवासुविधा थप भइ सक्दा पनि नेकपा माओवादी विप्लव समूहको नाममा राजनीतिक गतिविधि हुँदै आएको व्यवस्थापन पक्षले जनाएको छ ।
गत फागुन १३ गते असन्तुष्ट पक्षको समस्या समाधानको पहलका लागि अस्पताल व्यवस्थापनले एक महिनाभित्रमा सुझाव सहितको प्रतिवेदन पेश गर्ने भनी डा. विजयराज आचार्यको संयोजकत्वमा वार्ता तथा सुझाव प्रतिवेदन समिति गठन गरेको समेत उनले जानकारी दिए ।
असन्तुष्ट पक्षको जायज मागहरु पूरा भइसकेको अवस्थामा केवल राजनीतिक उद्देश्यका लागि अस्पताल हाताभित्र राजनीतिक गतिविधि गरिनु आफैमा आश्चर्यको विषय भएको टिप्पणी गर्दै निर्देशक डा. लम्सालले भने,‘हामी जायज माग पूरा गर्न तयार छौं तर मागहरु शान्तिपूर्ण तरिकाले व्यवस्थाप पक्षसँग राखिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published.