हात्तीसारको टौवामा आगो लाग्दा १ लाख ६० जार रुपैया क्षति

किशोर रिजाल
चितवन, ०७ चैत । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई खुवाउन राखिएको परालको टौवामा आगलागी भएको छ । 22
रत्ननगर १८ स्थित युवराज पौडेलको हात्तीसारमा रहेको सो टौवामा आगलागी हुदां १ लाख ६० जार रुपैया बराबरको पराल नष्ट भएको प्रहरी चौकी बछौलीका प्रहरी नायब निरीक्षक बैद्यनाथ दासले सौराहा अनलाईनलाई जानकारी दिए । उनको रातको समयमा भएको आगलागीबाट कुनैपशुधन र मानविय क्षति भने नभएको जानकारी दिए । आगो कसरी लागेको भन्ने बारेमा अनुसन्धान भईरहेको छ ।