एमालेद्धारा श्रद्धान्जली सभा

चितवन, ०७ चैत । नेकपा एमाले रत्ननगर ८ वडा कमिटीले आज श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। एमाले पार्टीका संगठित सदस्य पिताम्बर लामिछानेको ममतामयी माता स्वर्गिय साबित्रा लामिछानेको नवौ दिनको पूण्यतिथिमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको हो । वैकल्पीक केन्द्रिय सदस्य कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको सो श्रद्धान्जली कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण वन,नगर अध्यक्ष प्रमनाथ दुवाडी,नगर सह ( संयोजक हरि कुमार श्रेष्ठ,संगठित सदस्य कृष्ण बहादुर रेग्मी लगायतले शोक मन्तव्य राख्नुभएको थियो । एमाले रत्ननगर ८ का अध्यक्ष कमल बहादुर धिमिरेको अध्यक्षतामा सम्पन्न भएको सो श्रद्धान्जली कार्यक्रम वडा कमिटीका सचिव कृष्ण बहादुर ढकालले सन्चालन गर्नुभएको हो ।