विप्लव माओवादीका ३० मजदुर पक्राऊ

 

चितवन ७ चैत। चितवन मेडिकल कलेजमा कार्यरत ३० मजदुरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।Chitwan-Medical-College
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर संघमा आबद्ध मजदुरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु तलब बढाउन र स्थायी गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनरत मजदुरहरुले आइतबार अस्पतालको बहिरङ सेवा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप गरी ३० जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
उनीहरुले प्रशासनको गेटमा फोहर थुपारेर प्रशासन बन्द गराएका थिए ।
अस्पतालका अपरेशन म्यानेजर पारस अधिकारीले मजदुरहरुको माग सम्वोधन गर्ने प्रक्रियामा गइसकेका बेला अस्पतालको सेवा ठप्प पार्न खोजिएकाले बाध्य भएर प्रहरीको सहयोग लिनु परेको बताए ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.