अखिल क्रान्तिकारी चितवनमा वसन्तको नेतृत्व (भिडियो सहित)

सुजिता हमाल/ विकास पौडेल 
चितवन, ०७ चैत । एमाओवादी निकट अखिल क्रान्तिकारीको २८ औँ जिल्ला सम्मेलनबाट बसन्त आचार्यको अध्यक्षतामा ५१ सदस्ययी जिल्ला कमिटी चयन गरिएको छ ।

 

12571281_1054193147955823_1017225324_n
जसको उपाध्यक्षमा  दुर्लभ शाही र अमृत पोखरेल, सचिवमा प्रेम कमली, सह–सचिवमा दयराम पौडेल र विकास कोइराला र कोषाध्यक्षमा सन्दिप सुबेदी रहो छन् । भने त्यस्तै अखिल क्रान्तिकारी चितवनको प्रचार प्रसार विभाग तथा प्रवक्तामा विकास पौडेललाई चयन गरिएको छ ।12077440_1054193164622488_411627239_n
यसैगरि १५ सदस्य जिल्ला कार्यालय पदाधिकारी सहित एक विभाग समेत चयन गरेका अखिल क्रान्तिकारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
गएको ५ गते भरतपुर स्थित कृष्णपुरमा रहेको पार्टी कार्यालयमा सम्मेलनले नयां नेतृत्व चयन गर्दैै भुकम्पको ३ महिनाको समयमा शुल्क लिने विद्यालयलाई कार्वाही सहित ७ बुदें निर्णय समेत गरिएको जिल्ला अध्यक्ष वसन्त आचार्यले जानकारी दिए ।
अखिल क्रान्तिकारी केन्द्रीय सचिव विजय हमालको प्रमुख अतिथि रहेको पत्रकार सम्मेलनमा बोल्दै हमालले शैक्षिक शत्रमा विभिन्न वहानामा शुल्क वृद्धि गर्नु नियमसंग नहुने भन्दै यस्तो गरिए क्रान्तिकारीले कार्वाही गर्ने चेतावनी दिए ।12834525_1054193187955819_55515550_n

उनले शुल्क लिएको गुनासो आएकोले त्यसको अनुगमन गर्ने सुरु गरेको समेत जानकारी दिए । कार्यक्रममा एमाओवादी चितवनका जिल्ला सदस्य एवं विद्यार्थी बरिष्ठ नेता नारायण आचार्य र जिल्ला ईन्चार्ज दिलिप पौडेलले बालेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

.