भिरमा खसेका सहचालक गम्भीर

चितवन, चैत ७ । नारायणगढ–मुग्लिन सडकखण्डको चन्डिभञ्ज्याङ गाउँ विकास समिति वडा नं ५ खहरे खोलामा आज बिहान ट्रकलाई पछाडि आउन इशारा दिँदै गर्दा ट्रकका सहचालक सडकबाट भिरमा खस्दा गम्भीर घाइते भएका छन् ।Chitwan
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनतर्फ जाँदै गरेको ना५ख ७७३९ नंको ट्रकका सहचालक चन्द्रनिगाहपुर–१, रौतहटका २३ वर्षीय सूर्य लामा सडकबाट भिरमा खसेर बुट्यानमा अड्किएका थिए ।
बिहान ४ः१५ बजे घटना भएपछि इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीको टोलीले उद्धार गरेको थियो । गम्भीर अवस्थामा उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बीस दिनअघि सोही ठाउँमा बसका सहचालक खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.