शरदपुरमा महिलाको नेतृत्वमा सरसफाई अभियान

प्रकाश ज्ञावाली
चितवन ७ चैत । चितवनको भरतपुर उपमहानगरपालिका वडा नं ९ स्थित शान्ति महिला विकास समूहले आफ्नो टोलमा सरसफाई अभियान शुरु गरको छ ।12721870_1009886529078883_149736827_n

परिवर्तनका लागि शुरुवात आफैवाट गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै शान्ति महिला समूहले आफ्नै टोल शरदपुरवाट सरसफाई अभियान शुरु गरेको जनाएको छ ।

करिव १ सय जना महिलाको सहभागिता रहेको सो सरसफाई अभियानमा स्थानीय कृषक सहकारीका सदस्यहरु पनि सहभागी भएका थिए । महिलाहरु घरघरवाट कुचो र वोरा लिएर सरसफाईमा उपस्थित भए ।

सो अभियानमा पुरुषहरुले साथ दिए । गाउटोलका महिलाहरुहको नेतृत्व र क्षमता विकास गरी उनीहरुलाई विशेष स्थान दिलाउनुपर्छ भन्ने मान्यता राखी यसैवर्ष मात्रै स्थापना भएको शान्ति महिला विकास समूहको सरसफाई पहिलो कार्यक्रम हो । सरसफाई कार्यक्रमलाई साप्ताहिक रुपमा निरन्तरता दिइने सस्थाले जनाएको छ ।

विकास र सम्वृद्धिको यात्रा गाउवाटै थाल्नुपर्छ भन्ने मान्यताका साथ पहिलो कार्यक्रम सामान्यजस्तो लाग्ने तर निकै महत्वपूर्ण सरसफाई कार्यक्रम राखिएको सस्थाकी अध्यक्ष देवकी अध्यक्ष्ँले जानकारी दिनुभयो ।

सरसफाई मानव जीवनको अत्यन्त महत्वपूर्ण पाटो भएकोले आफ्नो शरिरजस्तै गाउघर र टोलको वातावरण पनि स्वच्छ हुनुपर्ने भएकोले अव छिट्टै कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गर्नतर्फ लाग्ने न्यौपानेले वताउनुभयो । यसका अलावा आगामी दिनमा महिलाहरुको विकासका लागि नेतृत्व र क्षमता अभिवृद्धिका कार्यक्रम पनि संचालन गरिने अध्यक्ष्ँ न्यौपानेले जानकारी दिनुभयो ।