रोटरीको रक्तदान

नारायणगढ, ६ चैत । रगत अभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ नारायणी मिड टाउन र रोट्याक्ट क्लब अफ नारायणी मिड टाउनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
क्लबहरुको आयोजनामा शनिबार सहिदचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आठ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ नारायणी मिड टाउनका संस्थापक अध्यक्ष सुभाष प्रधानले क्लबले मानवीय सेवालाई मध्यनजर गर्दै प्रत्येक वर्ष रक्तदान गर्दै आएको बताए । चितवनमा बढ्दो रगतको मागलाई थोरै भएपनि पूर्ति गर्नको लागि रक्तदान आयोजना गरिएको प्रधानको भनाइ थियो ।
रक्तदान कार्यक्रमको संयोजन यमनाथ शर्माले गरेका थिए भने क्लबका अध्यक्ष सुरेन्द्र पाण्डेको अध्यक्षतामा रक्तदान सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.