सिसै गाउंको बञ्जर चौरमा नमूना कृषि फार्म

 
चितवन, ०६ चैत । रत्ननगर– ७, सिसैस्थित दुई दशकदेखि बञ्जर रहेको जमिनमा स्थानीय चार व्यक्तिले आधुनिक नमूना कृषि फार्म सञ्चालन गरेका छन्। सो ठाउँमा अहिले टमाटर र भेडे खुर्सानी  लटरम्म फलेको छ।

fffffffffffचार बिघाहा १८ कट्ठा जमिनमध्ये चार बिघामा तरकारी रोपेका छन्। जसमध्ये १४ कट््ठामा एउटै नेट हाउस छ। नेटहाउस नेपालका लागि नयाँ भएको उनी बताउँछन्। १४ कट्ठा नेट हाउस र बाहिरसमेत गरेर २५ कट्ठामा उनीहरुले भेडेखुर्सानी रोपेका छन्। बाँकी जग्गामा टमाटर छ। पहिलो वर्ष भेडे खुर्सानी र टमाटरसँगै अन्य तरकारी पनि लगाएका थिए। तर, यो वर्ष सजिलोका लागि दुई बाली मात्रै लगाएको अर्यालले बताए।

रत्ननगर नगरपालिका– २ का प्रेम दुवाडी, ३ का इश्वरी अर्याल, ९ का दयाराम भुसाल र १५ का राजेन्द्र रायमाझीले त्यहाँ तरकारी खेती सुरु गरेका हुन्। २०७० सालको भदौबाट ६० लाख रुपैयाँ जुटाएर उनीहरुले काम सुरु गरेका हुन्।

इश्वरी र राजेन्द्र रत्ननगर टाँडी बजारमा एग्रोभेट पसल चलाउँछन्। दयाराम यसअघि पनि तरकारी खेती गर्थे। प्रेम राजनीतिमा संलग्न छन्।  इन्टरनेटमा हेर्दा नेट हाउसभित्र तरकारी खेती गरेको देखियो। यहाँ पनि यस्तै गरौं भनेर राजेन्द्र र मैले सुरुमा सल्लाह गरी अरु साथीलाई थपेका हौं,ु इश्वरीले भने।

प्लास्टिकको घर अर्थात टनेलभित्र तरकारी खेती गर्ने चलन जहाँ त्यहीँ छ। तर, विषेश खालको धातुको जालीले छाएको र बारेको सिलभर नेटभित्र खेती गर्ने चलन खासै नबढेको अर्यालले बताए। भारतबाट लगभग ३५ लाख रुपैयाँ खर्च गरेर उनीहरुले नेट हाउसका सामग्री ल्याएका हुन्। एकपटक बनाएको नेट हाउस १० वर्षसम्म नबिग्रने अर्यालले बताए।

ुनेट हाउसभित्र खेती गर्दा घाम लगभग आधा मात्रै भित्र आउँछ। अनावश्यक किरा फट्याङ्ग्रा भित्र जाँदैनन्,ु नेट हाउसका फाइदाबारे दयारामले भने, ुत्यहाँभित्र भेडे खुर्सानी रोप्दा बाहिर रोपेको भन्दा तीन महिना बढी अर्थात नौ महिनासम्म उत्पादन लिन पाइन्छ।ु नेट हाउसभित्र हावाहुरी र असिनाले पनि कमै नोक्सान गर्छ। बाहिर रोपेको भेडे खुर्सानीले छ महिना मात्रै उत्पादन दिन्छ।

हरियोका साथै सलादमा प्रयोग हुने पहेलो रङको भेडे खुर्सानीको खेती पनि उनले गरेका छन्। पहेलो भेडे खुर्सानी प्रतिकिलो दुई सय रुपैयाँ हाराहारीमा बिक्री हुन्छ। नेट हाउसका साथै सिँचाइमा पनि आधुनिक तरिका अपनाएको अर्यालले बताए।

बोट बिरुवाको जरासम्म पानी पुर्याीउन पाइप बिछ्याएको अर्यालले जानकारी दिए। ुपाइपबाट थोपाथोपा जरामा पुग्छ, बालीलाई चाहिने पोषक तŒव पनि पानीमै मिसाएर जरामा नै पुग्छ,ु उनले भने। सिँचाइका लागि थप १५ लाख रुपैयाँ खर्च भएको छ। बिरुवा लगाएको ड्याङ प्लास्टिकले छोपिएको छ। यसरी छोप्ने कामलाई मल्चिङ भनिन्छ।

हाल रत्ननगर नगरपालिकको जिम्मामा रहेको सो फार्मको जग्गाका लागि वर्षमा डेढ लाख रुपैयाँ भाडा तिर्ने गरेको अर्यालले जानकारी दिए। ुझन्डै २० वर्षदखि त्यसै मिल्केर बसेको जग्गा खन्न एक्साभेटर लगाउनुपरेको थियो। प्राविधिकले सुरुमा यहाँ भेडे खुर्सानी हुँदैन भनेका थिए। तर, खनजोत गरेर जग्गा राम्रो बनाएपछि उनीहरु नै दंग परे,ु अर्यालले सुनाए।

अघिल्लो वर्ष झन्डै ६० लाख रुपैयाँ बराबरको तरकारी बिक्री गरेको उनीहरुले बताए। यो वर्ष मूल्य कम छ तर उत्पादन केही बढ्ने आशा राखेका छन्। ुबिक्री धेरै गरे पनि नाफा अति नै कम छ, १० प्रतिशत पनि नाफा भएन होला,ु अर्यालले भने। उनको फार्ममै गाडी लिएर व्यापारी तरकारी किन्न जाने गरेका छन्।

ुअहिलेसम्म बिक्री नै नहुने समस्या त आएको छैन तर भारतबाट धमाधम तरकारी आउँदा भने हामीलाई गाह्रो हुन्छ। त्यहाँ लागत अत्यन्त कम छ। त्यसैले मूल्य साह्रै थोरै हुन्छ। त्यहाँको तरकारी आएपछि कि नबेच्न पर्यो कि लागतभन्दा धेरै कम मूल्यमा दिनुपर्यो ,ु अर्यालले बाध्यता सुनाए। फार्ममा १० जनाले नियमित रोजगारी पाएका छन्। जसले महिनाको सरदर १० हजार रुपैयाँ तलब खान्छन्।