गोरखाको विकासको लागि लागीपर्नुपर्नेमा जोड

भरतपुर, ६ चैत । चितवनमा बसेर पनि गोरखाको विकासको लागि लाग्नुपर्ने गोरखा चितवन समाजका व्यक्तिहरुले बताएका छन् । कामको सिलसिला र विभिन्न कारण गोरखाबाट चितवनमा बसेपनि गोरखाको विकास गर्नु सबैको दायित्व भएको उनीहरुको भनाइ छ ।
गोरखा चितवन समाजको प्रथम साधारण सभा एवं अधिवेशनको क्रममा बोल्दै सहभागीहरुले गोरखाबाट चितवन बसाइँ सरेर आएका सम्पुर्ण पुर्व गोरखालीहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रँध्यापक डाक्टर इश्वरी प्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै ढकालले यस समाजका आवद्ध व्यक्तिहरुलाई सामाजिक क्रियाकलापमा सक्रिय हुंदै गोरखाको पहिचानलाई जोगाउन क्रियाशिल हुन आग्रह गरेका छन् ।
कार्यक्रममा समाजका महासचिव इञ्जिनियर भोजराज कौडेलले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष केशव देवकोटाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्याल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृष्ण अधिकारी, लगायतले बोलेका थिए । कार्यक्रम समाजका अध्यक्ष पुर्णप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न भएको हो ।
गोरखा चितवन समाज गत वैशाख १२ गते भुकम्प गएपछि समाज गठनको आवश्यकता महसुस गरिएसंगै स्थापना गरिएको हो । संस्थामा हालसम्म २ सय ५८ जना सदस्यहरुले सदस्यता प्राप्त गरेका छन् । जसमा ५ जना साधारण सदस्य र २ सय ५३ जना आजिवन सदस्यहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.