स्वस्थ जीवनको लागि आध्यात्मवाद आवश्यक

भरतपुर, ६ चैत । स्वस्थ जीवनका लागि अध्यात्मवाद जीवनको अमूल्य पाटो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । धनेश्वर शिवालय मन्दिर भरतपुर ९ नौरंगे, धनगडा र राष्ट्रिय धर्मसभा चितवनले संयुक्त रुपमा आयोजना गरेको एक दिने अध्यात्मिक प्रवचन कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन् ।
क्रमका वक्ताहरुले हिलेको बदलिदो परिस्थिमा सहज जीवन ज्यूनका लागि विज्ञान र प्रविधि जति आवश्यक छ, त्यो भन्दा बढी आध्यात्मवाद आवश्यक रहेको उल्लेख गरेका छन् । मनलाई शान्त राख्न, मानसिक एवम् शारीरिक सुख र स्वस्थ्यताका लागि अध्यात्मवाद अपरिहार्य रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि आध्यात्मिक चिन्तनका प्राध्यापक डा. रामप्रसाद उप्रेतीले विज्ञान एक्लैले केही गर्न नसक्नेमा जोड दिएका थिए । मानिसले सुख कहाँ छ भन्दै भौतारिनु भनेको नै उसले आध्यात्मवादलाई चिन्न नसक्नु भएको उप्रेतीले बताए । कार्यक्रममा प्रवचन दिदै उनले सुख र शान्तिका लागि शारीरिक, मानसिक सँगसँगै अध्यात्मिक तवरले पनि मानिस स्वस्थ्य बन्न सकेमा मात्रै मानवीय जीवन सुखी बन्न सक्नेमा जोड दिए ।
कार्यक्रममा पण्डित बालकृष्ण अर्याल, सनराईज ई. बो. स्कूलका व्यवस्थापन समिति अध्यक्ष दिलराज पाठक, राष्ट्रिय धर्म सभा नेपालका केन्द्रीय सदस्य प्रकाशबाबु ढकाल, बैदिक धर्म परिषद् चितवनका अध्यक्ष धु्रवराज अर्याल, पुरोहित समाज नेपालका केन्द्रीय सचिव पण्डित हरि प्रसाद रेग्मीलगायतका आध्यात्मिक चिन्तनका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम धनेश्वर शिवालय मन्दिर व्यवस्थापन समितीका अध्यक्ष कुल बहादुर भण्डारीको अध्यक्षतामा भएको थियो ।