वन्यजन्तुको हाडा, छाला र अस्थिपञ्जर संसदद्वारा अनुगमनमा (तस्वीर सहित)

 

आनन्द पोखरेल/राजेन्द्र आचार्य
चितवन६ चैत । नष्ट गर्नका लागि देशभरिबाट संकलित दुर्लभ वन्यजन्तुको अखेटोपहारको अनुगमनमा व्यवस्थापिका संसदको वातावरण संरक्षण समिति चितवन आएको छ । अखेटोपहार भन्नाले मरेका वन्यजन्तुको हाडा, छाला, अस्थिपञ्जर र अंगहरुलाई जनाउँछ ।20160319_092009

व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीको नेतृत्वमा आएको टोलीले अनुगमन सुरु गरेको छ । समितिको १३ सदस्यीय टोलीले चितवनका दुई स्थानमा राखिएका अखेटोपहारको अनुगमन गरेको हो ।20160319_091846

पछिल्लोपटक २०५४ सालमा अखेटोहपहारको नष्ट गर्दा विवाद आएपछि यो पटक विवादरहित बनाउन अनुगमन गरिएको वन मन्त्रालयका सहसचिव विजयराज पौडेलले बताए ।20160319_090647

संसदीय टोलीले अनुसन्धान गरी तयार पारिएको प्रतिवेदनको रुजु गरी नष्टका गर्न मन्त्रिपरिषदमा सिफारीस गर्नेछ ।

20160319_090643

संसदीय टोलीको स्वीकृतिपछि नष्ट गर्ने प्रक्रिया सुरु हुनेछ । टोलीले केन्द्रिय भण्डारणको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जको कसरा भण्डारण र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा रहेको अखेटोपहारको शनिबार अनुगमन गरेको छ ।

20160319_090638

चोरी सिकारी र विभिन्न प्राकृतिक कारणले मरेका र मारिएका वन्यजन्तुको अस्थिपञ्जरलाई लामो समयसम्म व्यवस्थापन गर्नसमस्या सिर्जना भएको पाइएको सभापति चौधरीले बताए ।20160319_090630

वन विभाग अन्तरगतको सिफारिस समितिले अखेटेपहारको अवस्था र त्यसको नष्ट गर्ने कार्यबिधिसहितको प्रतिवेदन तयार पारेको छ ।

20160319_095404

कति छन् अखेटोपहार ?

प्रतिवेदनअनुसार चितवनमा तीन सय ६९ थान गैंडाको खाग छन् भने र सामान्य सडेगलेको चार हजार सात सय ८२ वटा गैंडाको खुर छ ।

20160319_094956
बाघको छाला ६९ थान, चितुवाको छाला सामान्य सडेगलेको चार सय ९३ वटा, हिउँ चितुवाको छाला तीन थान, हात्तीको दारा एक सय ८५ थान छ ।20160319_094122

यस्तै कस्तुरीको विना ३६ थान, सालकको खपडा तीन सय ५२ किलोग्राम रहेको पाईएको छ । ती अखेटोपहारमध्ये केही सुरक्षित राख्नेपर्ने, केही मुद्दा परेकाले बैज्ञानिक अनुसन्धान गर्नुपर्ने र नमूनाका लागि सुरक्षित राख्नुपर्नेबाहेक सबै नष्ट गर्नुपर्ने टोलीको प्रतिवेदनमा उल्लेख छ ।20160319_092736

मुद्दामा चिरुको रौं, २ वटा गैंडाको खाग परेका छन् । तिनलाई तत्काल नष्ट गरिने छैन । वैज्ञानिक अनुसन्धानका लागि पाटेबाघ तथा चितुवाको खप्पर भएको दाह्रा, स्तनधारी वन्यजन्तुका रौं, जरायो चित्तल, घोरल, रतुवा कृष्णसार लगायतको सिङसहितको खप्पर, पाटेबाघ र चितुवाको नंग्रा, हात्तीको पुच्छरका रौँ सुरक्षित राख्नुपर्ने समितिको सिफारिस प्रतिवेदनमा उल्लेख छ ।

यस्तै नमुना सुरक्षित राख्नुपर्नेमा गैंडाको खाग ४ थान, हात्तीका दारा ४, दाात सहितको बाघको खप्पर, बाघ र चितुवाको प्रसोधित छाला ४ थान, गैंडाको खुर २ थान, अजिंगर हुाडार, ओत, निगाले बाघ लगायतका छाला पनि नमुनाका लागि राख्न सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published.