रेडक्रस उत्कृष्ट पत्रकारिता पुरस्कारबाट प्रधानसम्पादक आचार्य सम्मानित

 

चितवन, ०६ चैत । नेपाल रेडक्रस सोसाईटी चितवनले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता सम्मानबाट युवा पत्रकार तथा सौराहा अनलाईन डिजिटल पत्रिका तथा नमस्ते बिहानी पत्रिकाका प्रधानसम्पादक राजेन्द्र आचार्य सम्मानित भएका छन् । 12825151_1129963170369652_1495486245_n
रेडक्रस अभियान मार्फत मानविय सेवामा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा पत्रकार आचार्यलाई जिल्ला शाखाको ४४ औ जिल्ला सभाको अधिवेशनको अवसरमा सम्मानित गरिएको हो ।
पत्रकार आचार्यलाई संयुक्त रुपमा नेपा रेडक्रस सोसाईटीका केन्द्रिय उप–सभापति महेन्द्रप्रसाद सिहं, उपमन्त्री हरिप्रसाद न्यौपाने र जिल्ला कार्यवाक सभापति रत्नप्रसाद सापकोटाले दोसल्ला ओढाई सम्मानपत्रले सम्मानित गरिएको थियो । 12884493_1129963183702984_1125725118_n
विगत एक दशकदेखि चितवनमा सक्रिय पत्रकारिता गर्दै आएका आचार्य नेपाल पत्रकार महासंघका रेडियोमैत्री प्रतिष्ठान शाखाका सह–सचिव समेत रहेका छन् ।
स्वास्थ्य खबर पत्रिका चितवन संवाददाता रहेका आचार्य हुन् भने अनलाईनखबरका चितवनका संवाददाता, टिभि टुडे टेलिभिजन, आभास टेलिभिजनमा समाचार लेख्दै आएका छन् । आचार्यले नया पत्रिका दैनिक, सौर्य दैनिक, लोकतन्त्र सन्देश दैनिक, नयां राज्य दैनिक, नारायणी सेरोफेरो पत्रिका, रेडियो अर्पण, तत्कालिन युनिक टेलभिजनमा समाचार शाखामा रहेर पत्रकारिता गर्दै आएका थिए ।
समग्र पत्रकारितामा भने आचार्य संरक्षण, पर्यटन, वातावरण, स्वास्थ्य तथा आर्थिक मुद्दाहरुको सवालसगै विकास पत्रकारीता बढी दखल राख्दछन् ।
सो अवसरमा आचार्यसगै नेपाल रेडक्रस सोसाईटीको प्रर्वद्धन विकास र मानविय सेवा सक्रिय केन्द्रिय उपमन्त्री एवं निर्वतमान जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद न्यौपानेलाई रेडक्रसकर्मी सम्मानबाट सम्मानित गरिएको थियो । hari sir saman ko (1)यस्तै पूर्व कार्यसमिति सदस्य तथा दोश्रो आजिव सदस्य महेन्द्रलाल प्रदान, नरेसो जुटपानी शाखाका सभापति गणेश शर्मा पौडेल, नरेसो भण्डारालाई पलिो भवन निर्माण गर्ने जग्गा प्रदान गर्ने ,हिरामणि वत्तौला र महिला सदस्य वृद्धि प्रोसाहन वृद्धि पुरस्कारबाट महेन्द्रचोक शाखालाई पनि सम्मान गरिएको थियो । भने जुरेस र युवा सर्कल र उत्कृष्ट रक्तदाता सम्मान पछि सम्मान गरिने गरि घोषण गरेको सोसाईटी जगन्नाथ न्यौपानेले जानकारी दिए । उत्कृट कर्मचारीबाट बरिष्ठ प्राविधिक साहायक दिपक न्यौपानेलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

Promise Education Consultancy