सामसुङ ग्यालेक्सी एस सेभेन चितवनमा

नारायणगढ, ५ चैत । स्यामसुङ ब्राण्डको नयां मोडलको मोवाइल सामसुङ ग्यालेक्सी एस सेभेन र एस सेभेन एज्डको विक्रि वितरण एटुजेड मोवाइल हाउसले सुरु गरेको छ ।
एटुजेड मोवाइल हाउसको लायन्सचोकमा रहेको सामसुङको शोरुमबाट विक्रिवितरण सुरु गरिएको हो । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी मोवाइलको विक्रिवितरण सुरु गरिएको जानकारी गराइएको हो । एटुजेड मोवाइल हाउसका सञ्चालक दिवाकर गुरुङले प्रेस विज्ञप्ती जारी गर्दै सो ब्राण्डका मोवाइलहरु हाल एटुजेड मोवाइल हाउसका विक्रि केन्द्रहरु दोस्रो शोरुम लायन्सचोक र तेस्रो शोरुम टांडीबाट विक्रि भइरहेको छ ।
पानी तथा धुलोले केही नहुने यस मोवाइल सामसुङ ब्राण्डको उत्कृष्ठ मोवाइल भएको बताइएको छ ।