विद्यार्थीलाई स्टेशनरी वितरण

भरतपुर, ५ चैत । भरतपुर १० मा रहेको भरतपुर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
भरतपुर उच्च माध्यमिक विद्यालयमा पढेका पूर्व विद्यार्थीहरुले अहिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । विद्यालयका पूर्व विद्यार्थीहरु ओम प्रसाद श्रेष्ठ, राजेन्द्र प्रसाद भुषाल, नारायण प्रसाद आचार्य, रामहरि भुषाल, शंकर श्रेष्ठ र रामनारायण श्रेष्ठले १ कक्षा देखि ९ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
शुक्रबार विद्यालयमा कार्यक्रमको आयोजना गरि पूर्व विद्यार्थीहरुले विद्यालयमा अध्ययनरत २५ जना गरिब, जेहेन्दार विद्यार्थीहरुलाई कापी, कलम, विद्यालयको पोशाक सर्ट, पाइन्ट, जुत्ता र मोजा वितरण गरेका हुन् । उनीहरुले करिब ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.