कृषिलाई आधुनिकीकरण गर्न जोड

भरतपुर, ५ चैत । कृषिलाई आधुनिकिकरण गनुपर्नेमा कृषि क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरुले बताएका छन् । कृषि क्षेत्रको आधुनिकीकरण भएमा मात्र नेपालको विकास हुने उनीहरुले बताएका हुन् ।
कृषियोग्य भूमिको उत्पादकत्व बढाउनुका साथै जथाभावी प्लटिङको काम बन्द गरिनुपर्नेमा किसानहरुले जोड दिएका छन् । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी छैठौं जिल्ला सम्मेलन आयोजक समिति चितवनको छलफल कार्यक्रममा बोल्दै किसान अगुवाहरुले कृषि क्षेत्रमा विषादी बन्द गर्नुपर्नेमा समेत आग्रह गरे । कृषि तथा पशु विज्ञहरुसँग छलफल कार्यक्रममा पोल्ट्र व्यवसायी टिकाराम पोखरेलले कृषि क्ष्ोत्रमा उत्पादन बढाउनको लािग सरकारले नीति ल्याउनुपर्नेमा जोड दिए ।
बाहिरबाट आयात गर्ने वस्तुहरुमा विषादी परीक्षण नहुने गरेको भन्दै यसलाई कार्यान्वयन गर्नुपर्नेमा पोखरेलले जोड दिए । नेपालमा अर्गानिक वस्तुहरु मात्र उत्पादन गर्नुपर्छ भनेर भन्नुभन्दा पनि विषादीको मात्रा तोक्नुपर्ने पोखरेलको भनाइ थियो । उक्त कार्यक्रममा अर्का किसान दयानाथ दवाडीले सरकारले भूमि सम्बन्धी नयाँ धारणा ल्याउनुपर्ने बताएका छन् । बाँझो जमिन राख्न नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिँदै कृषि योग्य जमिन बाँझो राख्ने व्यक्तिलाई जरिवाना गराउन सक्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा कार्यपत्र पस्तुत गर्दै प्राध्यापक श्याम सुन्दर पन्थले हरेक उपभोग्य वस्तुमा गुणस्तर उल्लेख हुनुपर्ने बताए ।
पछिल्लो समयमा खाद्य वस्तुहरुमा विषादी हाल्ने परम्परा बढ्दै गएका कारण यसको नियन्त्रणको लागि सरकारले मापदण्ड जारी गर्नुपर्ने पन्थको भनाइ थियो । नेपालको कृषि शिक्षालाई परिमार्जित गर्दै अन्न बालिको वर्गिकरण गर्नुपर्नेमा पन्थले जोड दिए । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको फ्याक्सन इन्चार्ज ओम पाण्डेले बताए । छलफल कार्यक्रममा पोल्ट्री व्यवसायी, दुग्ध किसान, मत्य किसान, कृषि क्याम्पसका प्राध्यापक लगायतको सहभागिता रहेको थियो ।