विद्यार्थीलाई पुरस्कार वितरण

भरतपुर, ५ चैत । भरतपुर ११ मा रहेको शान्ति विद्या मन्दिर इंग्लिस उच्च माविले विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा कक्षा १० का विद्यार्र्थीहरुलाई बिदाई गरेको छ । शैक्षिक सत्र २०७१ को परीक्षमा उत्कृष्ट अंक प्राप्त गर्दै पास भएका विद्यार्थीहरु र शैक्षिक सत्र २०७२ मा भएका विभिन्न अतिरिक्त कृयाकलापमा विजयी भएका विद्यार्थीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको हो ।
त्यसैगरी, कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत विद्यालयले विदाई गर्दै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत समेत गरेका छन् । उक्त कार्यक्रममा युकेजीबाट कक्षा १ मा उत्कृष्ट अंक सहित उत्तीर्ण भएका विद्यार्थीहरु सहित कक्षा ११ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई विद्यालयले पुरस्कार प्रदान गरेको हो । पुरस्कार वितरण तथा विदाई कार्यक्रममा प्रमुख अतिथि एवम् विद्यालयका प्राचार्य रामेश्वर आचार्यले विद्यालयको शैक्षिक अवस्थाका बारेमा प्रकास पारेका थिए ।
विद्यालयले स्थापनाकालदेखि नै उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको भन्दै आगामी परीक्षामा समेत राम्रो नतिजा ल्याउन प्रयास गर्ने आचार्यको भनाइ छ । विद्यालयकी शिक्षिका देवी ज्ञवालीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालयका संस्थापक सदस्य बाबुराम शर्मा ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

.