सडक मर्मतको प्रतिवद्धता पछि रामपुर चनौली सडकखण्डमा यातायात सुचारु

चितवन, ०५ चैत । भरतपुरबाट रामपुर चनौली रातो पुल सम्मको १६ किमी बाटो मर्मतको माग गर्दै चितवन टेम्पो , माईक्रो तथा मिनिबस व्यवसायी समिती र नारायणी यातायात व्यवसायी संघले शुक्रबारबाट अनिश्चितकालका लागि गरेको यातायात बन्द फिर्ता लिएको भएको छ ।

जिल्ला प्रnews saurahaशाशन कार्यालय चितवनको कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले सडकको निर्माणमा समन्वय एवम अनुगमनका लागि समिती गठन गरि शनिवारबाटै बाटो मर्मत सुुरु गर्ने निर्णय गरेसंगै आज दिउसो ३ वजेबाट यातायात संचालनमा आएको हो ।

प्रमुख जिल्ला अधिकारी विनोद प्रकाशसिंहको उपस्थिीतीमा बसेको बैठकले सडकको निर्माणमा समन्वय एवम अनुगमनका लागि ईश्वर प्रसाद अधिकारीको संयोजकत्वमा ७ सदस्सीय समिती गठन गरेको छ ।

समितीको सदस्यहरुमा तोपमान सिंह गुरुङ, विजय सुवेदी, आनन्द राज ढकाल , सुरेन्द्र गुरुङ, कर्ण बहादुर गुरुङ र महानन्द न्यौपाने रहनुभएको छ । राजनितिक दलका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि , जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित बसेको बैठकले भोलीबाटै सडक मर्मतको काम सुरु गर्ने निर्णय गरेसंगै यातायात बन्द फिर्ता लिईएको हो ।

यसअघि यातायात व्यवसायीहरुले रामपुर चनौली सडक खण्डको बाटो मर्मतको माग गर्दै प्रशाशन कार्यालयमा एक हप्ताको अल्टिेमटम दिएका थिए । सो समयमा पनि प्रशाशनले मर्मत तर्फ कुनै वास्ता नगरेको भन्दै शुक्रबार देखि उनिहरुले अनिश्चितकालिन यातायात बन्द गरेका थिए ।