नवलपरासीका किसानलाई चैते धान लगाउने चटारो

 

भबिश्वर पाण्डे

नवलपरासी, ०५ चैत । नवलपरासी जिल्लाको नवलपुर क्षेत्रको विभिन्न स्थानहरुमा चैते धान लगाउन किसाहरुलाई चटारो परेको छ । नवलपुर क्षेत्रको सिचाईसुबिधा पुगेको स्थानहरुमा किसानले फागुनको अन्तिम हप्ताबाट उक्त क्षेत्रहरुमा चैते धान लगाउन सुरु गरिएको जिल्ला कृर्षि बिकास कार्यलय नवलपरासीले जनाएको छ ।dhan

नवलपरासीका कतिपय किसानहरुले भने ब्याड राख्ने काम पनि जारी राखेका छन् । चैते धानको बीउ छनौट गर्दा स्रोत खुलेको ठाउँबाट बीउ ल्याउनुपर्ने विज्ञहरुको भनाइ छ । जिल्ला कृषी विकास कार्यालय नवलपरासीका अनुसार गुणस्तरीय र जातीय शुद्धता भएको बीउको छनौट मात्र गर्न सके पनि उत्पादनमा २० देखि २५ प्रतिशत वृद्धि गर्न सकिने बताएको छ ।

जिल्ला कृर्षि बिकास कार्यालयका योजना अधिकृत शिरिकान्त घिमिरेका अनुसार छिटो पाक्ने र वर्षा सुरु नहुँदै फल दिने बीउको छनौट गर्नुपर्छ ।

विषेशगरी हर्दिनाथ १ जातको धानको बीउ चैते धान लगाउने किसानहरुको रोजाइमा पर्ने गर्दछ । ब्याड राख्दा हिलो भन्दा धुले ब्याडको प्रयोग राम्रो हुने घिमीरेको भनाइृ रहेको छ । ब्याडमा प्लाष्टिकको छापोको व्यवस्था अत्यावश्यक हुने र प्लाष्टिकको छापोले धानको उत्पादनमा समेत वृद्धि ल्याउन सक्ने योजना अधिर्कत घिमीरेको भनाई छ ।
नवलपरासी जिल्लाको नवलपुर क्षेत्रको दुम्किबास गाबिसको भित्री उत्तरी खण्ड र दक्षिणी क्षेत्रमा किसानहरुले चैते धान लगाउछन् भने अरुखोला र चोरमारा क्षेत्रको दक्षिण क्षेत्रमा पानिको राम्रो सुबिधा रहेको घोल क्षेत्रमा चैते धान लगाउने गर्दछन् । साथै डण्डा क्षेत्रको अग्यौली , कावासोतीको पिठैली , देबचुलीको प्रगतीनगर , रजहरको दक्षिणी क्षेत्र र गैडाकोमा समेत चैते धान किसानहरुले लगाउने गरेका छन् ।

मौसमी सिँचाईले मात्र चैते धानलाई नपुग्ने र जिल्लाको पुर्बि क्षेत्रमा सिँचाई समेत राम्रो ब्यवस्था रहेकाले पूर्वी क्षेत्रमा मात्रै चैते धान लगाउने गरिईन्छ भने पश्चिमी क्षेत्रमा सिचाई सुबिधा नभएको कारण चैते धान किसाहरुले लगाउदैन् ।

जिल्ला कृषी विकास कार्यालय नवलपरासीको अनुसार यस वर्ष जिल्लामा एक हजार ९ सय हेक्टर क्षेत्रफलमा चैते धानको रोपाईँ हुँदैछ । जसबाट करिब १० हजार १ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

गत वर्ष जिल्लामा १७ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान रोपाईं भएको थियो भने ९ हजार २ सय ९० मेट्रिक टन धान उत्पादन भएको थियो ।
अहिले नेपालमा देखा पर्दै गइरहेको खाद्य संकटलाई प्रतिस्थापन गर्न पनि चैते धानले मुख्य भूमिका खेल्ने गरेका सरोकारवालाको भनाई छ । जिल्ला कृषी विकास कार्यालय, नवलपरासीका योजना अधिकृत शिरिकान्त घिमिरेका अनुसार यो धान अधिकांश किसानहरुको आफूले खाना खानको लागि प्रयोग गर्ने गर्दछन् ।

किसानको चाहना अनुसार सरकारले पनि किसानले खान मिल्ने मसिनो जातको चैते धानको बीउ प्रयोगमा ल्याउने हो मुलुकको खाद्य संकट कम गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published.