संसदसहितको टोलिले सडक निमार्ण कार्यको अनुगमन

प्रस्ताव सुवेदी
चितवन, ०५ चैत । चितवनको निर्वाचन क्षेत्र नम्वर ४ मा भएका विकास निर्माणका कामको जिल्ला विकास समिति चितवन र व्यावस्थापिका संसद सदस्य सहितको टोलिले अनुगमन गरेको छ । समितिले आज सो क्षेत्रमा भएको सडक निमार्ण कार्यको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश स्थानमा सडक निमार्णको काम सुरु गरीएको भए पनि आवश्क कच्चा पदार्थको अभावका कारण काम प्रभाबकारी रुपमा अगाडि वढ्न नसकेको पाईएको थियो ।

जिल्लाका विभिन्न स्थानमा रहेका खोलाहरु बाट ल्याईनु पर्ने ग्रावेल राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका कारण ल्याउन नपाउदा सडकहरु निमार्णको काम रोकिएको स्थानियहरुले वताएका छन् । संविधान निमार्ण पछि कार्यान्वयन हुने आफ्नो पाटोमा रहेको भन्दै अव गाउ समाज विकासमा जोड दिन समेत उनिहरुले अनुगमनमा गएको टोलि लाई आग्रह गरेका छन् ।
चितवन क्षेत्र नम्वर ४ वाट व्यावस्थापिका संसदमा प्रतिनिधित्व गर्ने रामकृष्ण घिमिरे, चितवनका स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्रेल, जिल्ला प्राविधिक कार्यालयका प्रमुख संञ्जीब श्रेष्ठ, जिल्ला विकास समितिका सुचना अधिकृत वलराम लुईटेल लगाएतको टोलिले अनुगमन गरेको थियो ।

पश्चिम चितवनको विभिन्न स्थानमा गरीएको अनुगमनका क्रममा रामपुर चनौली सडक खण्ड, हुलाकि सडक, र चित्रवन नगरपालीका भित्रका सडकहरु रहेका थिए ।

सडकको अनुगमन पश्च्यात सांसद घिमिरेले अहिले मुलुकमा देखिएको असहजता कारण विकास निमार्णको कामलाई केहि असहज वनाएको भए पनि तत्काल यसलाई सहज रुपमा अगाडि वढाउन सम्वन्धित सवैलाई आग्रह गरेको बताउनु भयो ।
जनताको चाहना अनुसार विकास निमार्णको काम सुरु भएको भन्दै अझै यसलाई प्रभावकारी बनाउनका लागि अनुगमनमा गएको टोलिले स्थानीयलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.