जौवारी खानेपानी आयोजना अन्तिम चरणमा

दयाराम आचार्य
नवलापरासी, ०५ चैत्र । नवलपरासीको पहाडि गाविस जौवारीमा जौवारी खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको छ ।
सो आयोजना यहि चैत्र महिलाभित्र पुरा गरिसक्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यलय नवलपरँसीका रामजी भुजेलले जानकारी दिनुभएको छ ।IMG_2337
सो आयोजना पुरा भएपछि त्यहाका करीब १ सय ५० घरपरिवार लाभाविन्त हुने समेत भुजेलले बताउनुभयो । खानेपानी आयोजना पुरा भएसंगै जौवारीका ५ र ६ नम्बर वडाका बासिन्दाहरुले स्वच्छ खोनेपानी आफ्नै घर आगनमा पाउने भएपछि निकै खुसी भएका छन ।
यस अघि जिल्ला बिकाश अन्र्तगत फिनीडा मार्फत पानी बितरण हुदै आएकोमा सो योजनाको मुहान सुक्दै गएको,जनसंख्या बृदि हुदै जादा आफुहरुले प्रयात्त पानीको उपभोग गर्न नपाईरहेको अवस्थामा यो आयोजना पुरा भएपछि खोनेपानेपानीलाई सहज हुने राईकोटका स्थानीय बासिन्दा ओमन राईले बताउनु भयो ।

धारा, पाईप लाईन र ईन्टेक निर्माण कार्य सम्पन्न भईसकेको र अब १० घन मिटरको टयाङ्किमात्र निर्माण कार्य बाकी रहेकोले यहि महिनाभित्र पुरा गर्ने गरि काम भैरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय नवलपरासीका ईन्जिनियर शेषकान्त पाण्डेले बताउनु भयो ।
आयोजना पुरा भएलगत्तै पानी वितरण गरिने समेत पाण्डेले बताउनुभयो ।

यो योजना ७ बर्ष पहिला सर्भे सम्पन्न भएको र त्यति बेला २२ लाखको लागतको अनुमान गरीएकोमा अहिलेको अवस्था अनुसार योजना सम्पन्न गर्नको लागि करीब ४० लाख लागत लाग्ने अनुमान गरीएको समेत उहाले बताउनु भयो ।
जौवारी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत जौवारी गाविसको १, २ र ३ नम्वर लगाएतका वडामा गरी ९ वटा योजना सम्पन्न भएको र अब ५, ६ ,७ र ८ नम्बर वडामा गरी २ वटा योजना मात्र बाकि रहेको पाण्डेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.