नारायणी नदीमा हामफालेर महिला बेपत्ता

नवलपरासी, चैत ५ । नवलपरासीको गैंडाकोट–२ स्थित नारायणी नदीको पुलबाट नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छिन् ।Narayangadh-bridgenawalparasi-nepal
बिहान ८ बजेको समयमा पुलमाथिबाट हाम फालेर कास्की दाङसिङ गाविस वडा नं.९ बस्ने ४८ वर्षीया देशकुमारी शेर्पा बेपत्ता भएकी हुन् ।

उनी हाम फालेको स्थानमा भेटिएको व्यागको आधारमा उनको परिचय खुलेको हो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले शेर्पाको खोजी गरिरहेको छ ।