रत्ननगरका संस्थापक उपमेयर खतिवडाको निधन

 

चितवन,चैत्र ५ । पूर्वी चितवनको पहिलो नगरपालिका रत्ननगर नगरपालिकाका संस्थापक उपमेयर मोहन खतिवडाको निधन भएको छ ।1900008_1153643048009000_1255798648986028913_n
रत्ननगर७ ज्योर्तिमय टोल निवासी खतिवडाको ५७ वर्षको उमेरमा गयराती निधन भएको हो ।

लामो समयदेखी कलेजोकोसमस्या रहेका उनको घरमै निधन भएको परिवारले वताएको छ ।

दागबत्ती दिदै खतिवडाका कान्छा छोरा विकास खतिवडा
दागबत्ती दिदै खतिवडाका कान्छा छोरा विकास खतिवडा

सुरुमा आन्द्रामा समस्या रहेका एमालेका जिल्ला सल्लाहाकार समेत रहेका खतिवडालाई भारतमा उपचार गरि घरमा ल्याईएको थियो । खतिवडा सामुदायिक सेवा केन्द्र रत्ननगरकी उपाध्यक्ष महादेवी खतिवडाका श्रीमान समेत हुन् ।

खतिवडाका १ श्रीमती,२ छोरा र २ छोरी छन् । खतिवडाको आज देवघाटमा अन्तेष्ठी गरिएको छ ।

खतिवडालाई सौराहा अनलाईनका प्रधानसमपादक राजेन्द्र आचार्य सहितको टिमले हार्दिक श्रद्धाञ्जाली व्यक्त गरेको छ ।