चितवन फेशन नाईटको अडिसन सकियो

 

चितवन, ०३ चैत्र । नयाँ वर्षको अवसर पारी हुन लागेको चितवन फेशन नाईटको अडिसन आज (बुधबार) भरतपुरमा सम्पन्न भएको छ ।
रोयल सेञ्चुरी होटलमा भएको अडिसन राउण्डमा १६ जना युवा युवतीहरुले सहभागिता जनाएका थिए । अडिसनबाट छनौट हुनेहरु आउँदो चैत्र ३० गते पर्यटकिय नगरी सौराहामा हुने फेसन नाईटमा सहभागिता जनाउन पाउने आयोजक सुत्र मोडलिङ एण्ड आर्ट क्रेशनका प्रमुख एवंम इभेन्ट म्यानेजर सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

सो कार्यक्रमको बीएफटि सह–आयोजनामा हुन लागेको हो । यो फेसन शो मा चितवनका मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवा र युवतीहरुलाई सहयोग पुग्ने विश्वास लिएको छ । अडिसनको निर्णायकहरुमा इभेन्ट म्यानेजर मोडेल सुवास श्रेष्ठ, डिजाईनर विनु लामा, मोडेल अर्जुन केसी, सुधा रानाभाट, राकेश श्रेष्ठ र रंग पत्रकार राजु चौधरी रहेका थिए ।
अडिसन राउण्डमा छनौट भएकाहरुलाई कार्यक्रम हुनु अगावै एक साता चर्चित कोरियोग्राफरद्धारा प्रशिक्षण गराईने इभेन्ट म्यानेजर श्रेष्ठले जानकारी दिनुभयो ।