राउण्ड टेबल र पोलिटेनिक स्वास्थ्य शिविरमा २ सय जना स्थानिय लाभान्वित

चितवन, ०३ चैत । सहज रुपमा स्वास्थ्य सेवाबाट टाढा रहेका स्थानियहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्य भरतपुरको कौलाश टोलमा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।12721727_1022092211185678_838097822_n

सो अवसरमा विभिन्न रोगको समस्या भएका २ सय जना स्थानिय लाभान्वित भएको नारायणगढ राउण्ड टेबल १४ का सचिव विकास वर्माले जानकारी दिए ।12721723_1022092254519007_799371025_n
नारायणगढ राउण्ड टेबल १४ र नेपाल पोलिटेनिक ईन्चिस्टच्यूट विएन दोश्रो बर्षको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको थियो । शिविरमा डाक्टर सुजन राउत र डाक्टर सुरज उप्रेतीले स्वास्थ्य परिक्षण गरेका थिए । 12721627_1022096941185205_1186717397_n

नारायणगढ राउण्ड टेबलका अध्यक्ष प्रेम राठीको अध्यक्षतामा सम्पन्न शिविरमा भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल प्रमुख अतिथि र उवासंघ चितवनका अध्यक्ष राजन गौतम विशेष अतिथि रहेको थिए । 12476584_1022096974518535_975176148_n
कार्यक्रममा राउण्ड टेलबका पूर्व अध्यक्ष कपिलसागर कर्माचार्य लगायतको सहभागी थियो ।12202477_1022096811185218_1254838935_n

.