खानपानमा ध्यान दिए मुटुको रोगबाट बचिने

सम्झना लामीछाने
भरतपुर, चैत्र ३ गते । मुटुको रोगबाट बच्न विशेषत खान पानमा ध्यान दिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल ह्दयरोग निवारण प्रतिस्ठान चितवनको १९ औं साधारण सभामा बोल्ने वक्ताहरुल सो कुरा बताएका हुन् ।1426485956ABN2Za5lvUWL

स्वस्थ मुटु स्वस्थ जनता, स्वस्थ समाजले नै राष्ट्र स्वस्थ बन्न सक्छ भन्ने नारा तय गर्दै आयोजना गरिएको सो साधारण सभा कार्यक्रममा मुटुको रोगबाट बच्न विशेषत खान पानमा नै ध्यान दिनु पर्ने सहभागीहरुले बताएका थिए । यसैगरि बासि सडेगलेका, पोलेका, तारेका, जस्ता अस्वस्थ खानेकुरा खान नहुनेमा उनिहरुको जोड रहेको छ ।

उनिहरुले धुम्रपान तथा मद्यपानको सेवन गर्न नहुने समेत बताएका छन् । यस्तै सधै व्यायाम गर्न समेत उनिहरुले सुझाव दिएका छन् । स्वस्थ जिवन बाच्नका लागि आफ्नो शरिरको चेकजाच गरि चिकित्सकहरुको सल्लाह वमोजिम अगाडि बढ्नुपर्ने उनिहरुले बताएका छन् । सो कार्यक्रमका बिच संस्थाका विशिष्ट सदस्यहरुलाई विशिष्ट सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।

सो कार्यक्रममा नेपाल ह्दयरोग निवारण प्रतिस्ठान चितवनका सचिव लिलाराज खरेलले प्रगति प्रतिवेदन एवम् आगामि वर्षका लागि सस्थाको लक्षित कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सस्थाका पुर्वअध्यक्ष केशव कुमार श्रेष्ठ, विशिष्ट अतिथि सस्थाका केन्द्रिय सदस्य डा। शशिजंग पाण्डे, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गैतम लगाएतले बोलेका थिए । कार्यक्रम नेपाल ह्दयरोग निवारण प्रतिस्ठान चितवनका अध्यक्ष ई। भोजराज कौडेलको अध्यक्षतामा भएको थियो ।

Promise Education Consultancy