टेलिकमको टावर नहुदा नवलपरासीका पहाडी गाविसका सर्वसाधारण समस्यामा

दयाराम आचार्य
नवलपरासी, ०३ चैत्र । नवलपरासीको पहाडी गाविस डेढगाउ,रकुवा ,नरम ,भारतिपुर,रुचा¨,मिथुकरम लगाएतका गाविसमा नेपाल टेलिकमको टावरले राम्रो संग काम नगर्दा त्यस क्ष्ँेत्रका बासीन्दा समस्यामा परेका छन । downloadनेपाल टेलिकम तथा अन्य दुरसंचार प्रदायक संस्थाको सेवा पनि राम्रो संग संचानल नहुदा पहाडी गावीसका सर्वसाधारण सम्पर्क बिहिन बन्ने गरेका छन ।
सुचना तथा संचारमा बिश्वले ठुलो फडको मार्दा पनि नवलपरासीका पहाडी क्ष्ँेत्रका बासीन्दा भने सुचना जस्तो दैनिक जनजिवनमा अत्यावश्यक हुने सेवा बाट समेत बन्चित हुदै आई रहेका छन ।
डेढगाउ गाविस लगाएत त्यस क्षेत्रमा तनहुको रिसीमा रहेको टावरले काम गर्ने गरेको भए पनि त्यसले पनि राम्रो संग काम नगर्दा समस्या उत्पन्न भएको डेढगाउ गाविस ९ का पशुपति ओझाले बताउनुभयो ।
नवलपरासीको धौवादीमा रहेको स्काईको टावर डेढगाउ क्षेत्रतिर पनि राम्रो संग काम नगर्ने गरेको साथै डेढगाउमा एनसेलको टावर रहेपनि त्यसले पनि राम्रो संग काम नगर्ने हुदा धेरै समस्या भएको ओझाले बताउनु भयो ।
“अहिलेको आधुनिक युगमा पनि ,संचारको प्रकियामा यति धेरै पछाडि पर्नु परेको छ, यो निकै दुर्भाग्य हो ” ओझाले भन्नुभयो ।
नवलपरासीका पहाडी जिल्ला संगै पाल्पा र तनहु जिल्लाका केहि गाविसका नेपाल टेलिकमका सेवाग्राहिहरु नेट चलाउन ,फोन गर्न समेत समस्यामा परेको नेकपा एमाले डेढगाउ गाविस कमिटि अध्यक्ष छविलाल ओझाले बताउनुभयो ।
नेपाल टेलिकमको टावर स्थापनको लागि पहल गर्न आफुहरु पटक पटक क्ष्ँेत्रिय कार्यलय भैरहवा देखि काठमाण्डौ सम्म पुगेपनि सबै ठाउबाट मौखिक आश्वसन पाएको तर अझै पनि केहि काम हुन नसकेको अध्यक्ष ओझाले बताउनुभयो ।