बेलायतीलाई सेक्स भन्दा अगाँलो बढी प्यारो
एजेन्सी ।बेलायतमा गरिएको एक अध्ययनले त्यहाँका मानिसहरुले आफ्नो पार्टनरसँग यौन सम्पर्क भन्दा वढी आलिंगन गर्न मन पराउने देखिएको छ। अध्ययनका अनुसार बेलायतका नागरिक दिनमा १३ पटक सम्म अगाँलोमा वेरिन मन पराउँछन्।
अध्ययनका लागि गरिएको एक सर्वे अनुसार बेलायतका नागरिक आलिंगन गर्न साँढे नौ सेकेण्ड सम्म लगाउने गर्छन्। एक अर्का विच चुम्वनका लागि भने उनीहरुले महिनामा करिव एक घण्टा खर्चिने गरेका छन्।
यति हुँदा हुँदै पनि बेलायतमा आलिंगन ज्यादा मन पराइएको छ। अध्ययनका अनुसार बेलायतका ६९ प्रतिशत व्यक्ति आफ्ना जीवन साथीसँग आलिंगन गर्छन भने १४ प्रतिशतले भने आफ्ना नजिकका साथिहरुसँग आलिंगन गर्ने गरेका छन्।