अपरेसन टेबलमै डाक्टरले बिरामी कुटे (भिडियो सहित)

 
एजेन्सी। डाक्टरले बिरामी कुटे भन्दा पनि पत्याउन गाह्रो हुन्छ। तर अपरेशन टेबुलमा डाक्टरले बिरामीमाथि कुटपिट गरे भन्दा त आङै सिरिङग हुन्छ। तर चीनमा यस्तै घटना घटेको छ।

यसरी डाक्टरले अपरेसन टेबुलमै बिरामीलाई कुटेको भिडयो यतिखेर चिनियाँ सोसियल मिडियामा भाइरल बनेको छ। भिडियोमा दुइ डाक्टरले अपरेशन टेबुलमा सुताइएका एक बिरामीलाई कुटपिट गरेको स्पष्टै देखिन्छ।

घटना उत्तरी चीनमा पर्ने इनर मंगोलियाको होहोटमा घटेको हो। त्यहाँ स्थित एक अस्पतालको महिला उपचारको कक्षमा यस्तो दर्दनाक अपराध भएको हो। अपरेशन टेबलमा सुतकी महिला र दुइ महिल डाक्टर बीच विवाद बढेपछी डाक्टरहरुले बिरामी महिललालाई टाउकैमै प्रहार गरेका थिए । त्यसपछी पनि उनलाई डाक्टरहरुले असभ्य व्यवहार गरेका थिए।

 

यो भिडियोलाई त्यही अस्पतालमै काम गर्ने नर्सहरुको समुहले सार्वजनिक गरिदिएको बताइएको छ।