अण्डाको उचित मुल्य निर्धारण नहुदां व्यवसाय नै धरापमा

 

चितवन, ०३ चैत । अण्डाको उचित मुल्य निधारण नभए आफ्नो व्यवसाय नै धरापमा पर्ने अण्डा उत्पादक किसानहरुले बताएका छन् । भुकम्प र नाकाबन्दि पछि पोल्ट्र क्षेत्र धरासायी बन्दै गए पनि समालिएको यो व्यवसायलाई अहिले सम्म पनि उचित मुल्य निधारण हुन नसक्नु दुखत भएको बताए ।12527758_1050683778306760_773437964_n

नेपाल पोल्ट्री महासंघ एव सम्पुर्ण पोल्ट्री व्यवसायी संघ संस्थाहरुको सहभागितामा आयोजित समग्र पोल्ट्री र अण्डाको वर्तमान अवस्था वारे छलफल कार्यक्रममा उनिहरुले यस वारेमा गभिर हुन माग गरे । उनिहरुले १ क्रेट अण्डाको मुल्य कम्तिमा पनि २ सय ५० सम्म निधारर्ण हुनुपर्ने बताएका छन् ।

अहिले किसानहरुले १ क्रेट अण्डालाई २ सय २० रुपैयाँ सम्ममा बेच्ने गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री व्यवसायी महाँसंघका अध्यक्ष गुणचन्द्र विष्टले किसानहरुलाई लक्षित गरि अण्डाको नयाँ मुल्य निर्धारण गर्न आग्रह गर्नु भयो । उहाँले नेपाल अण्डा र कुखुराको मासुमा आत्मनिर्भर रहे पनि किसानहरुको अवस्था भने उकासिन नसकेको बताउनुभयो ।12834856_1050683671640104_799393956_n

नेपाल दाना उद्योग संघका निर्वतनमा अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले भुकम्प पछि कुखुराको मासु उत्पादनमा सुधार आए पनि अण्डाको उत्पादनमा बृद्धि हुन नसकेको बताउनु भयो । उहाँले अण्डा विक्रिबाट किसानहरुले घाटा व्यहोरनु परेपछि नेपालमा प्रत्येक वर्ष अण्डा उत्पादन गर्ने लेयर्स कुखुरामा घट्दै गएको बताउनुभयो ।12421448_1050683748306763_1070796124_n

दुई वर्ष अघि नेपालमा लेयर्स कुखुरा ९१ हजार रहे पनि अहिले १० हजार मात्र रहेका छन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसिले अण्डा उत्पादनको अवस्था राम्रो भए पनि किसानहरुले लागत मुल्य पाउँन नसक्दा अण्डा उत्पादन किसानहरु घट्दै गएको बताउनुभयो । उहाँले ३ वर्ष देखि अण्डाको मुल्यमा बृद्धि हुन नसकेको भन्दै पछिल्लो सयमा प्रति अण्डा १ रुपैया किसाहरुले घाटा व्यहोरदै आएको बताउनुभयो ।

पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष शंकर कंडेलले अण्डाको उचित मुल्य तोकेर कार्यन्यन गर्नु पर्ने बताउनु भयो । नेपाल अण्डा उत्पादक संघले आयोजनका गरेको कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोखरेल, नेपाल अण्डा उत्पादक सप्लायस व्यवसायी विनोद पोखरेल,  चितवन नवलपुर दाना वितरण संघका अध्यक्ष रामलाल भुषाल लगायतले बोल्नु भएको थियो ।

नेपाल पोल्ट्री माहासंघ, नेपाल दाना उद्योग, नेपाल ह्याचरी उद्योग नेपाल कुखुरा बजार व्यवस्थापन संघ, नेपाल पोल्ट्री सप्लायस, कल्याणकारी संघ, कुखुरा व्यवसायी संघ पुर्वि चितवन, अण्डा उत्पादक तथा विक्रेता व्यवसायिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Promise Education Consultancy