तामाङ घेदुङको अध्यक्षमा मोहन गोले निर्वाचित

 

चितवन २ चैत । नेपाल तामाङ घेदुङको चितवनमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनबाट मोहन गोले अध्यक्षमा निर्वाचित भएका छन् । गत फागुन २९ र ३० गते चितवनमा सम्पन्न महाधिवेशनले गोलेको अध्यक्षतामा ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।103002bf-f27a-4387-b7b5-d879c3907262
समितिको बरिष्ठ उपाध्यक्षमा बेली लामा, उपाध्यक्षमा तेजबहादुर तामाङ, अजितमान तामाङ, कुमार घिसिङ र अमिर मोक्तान निर्वाचित भएका छन् । यस्तै समितिको महिला उपाध्यक्षमा सिता लामा गोले, महासचिवमा मोहित कुमार लामा बाबु, सचिव खुल्ला तर्फ रामकृष्ण तामाङ, पालसाङ बज्र लामा र महिला सचिव तर्फ सन्चु ब्लोन तामाङ निर्विरोध चयन भएका छन् ।
महाधिवेशनले ९ सदस्यीय प्रवास केन्द्रीय सदस्यसमेत चयन गरेको छ । कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ ।
राष्ट्रिय जनावर गाईलाई परिवर्तन गर्न माग
महाधिवेशनले धर्म निरपेक्षताको अपव्याख्या गर्न नपाइने, राष्ट्रिय जनावर गाईलाई परिवर्तन गर्नुपर्ने लगायतका मुद्दाहरुलाई उठान गरेको छ । यसैगरी १६ लाख जनता रहेको तामाङ समुदायका लागि छुट्टै स्वायत्त प्रदेशको माग पनि गरिएको छ ।
चितवनसहित ४९ जिल्लाका ४ सय ५० प्रतिनिधिहरु महाधिवेशनमा सहभागी थिए ।