सफलले भित्रायो चितवन र नवलपरासीको बजारमा नयाँ पिकअप एस मेगा (फोटो फिचरसहित)

राजेन्द्र आचार्य
चितवन, ०३ चैत । चितवन र नवलपरासीको बजारमा भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सको नयाँ पिकअप एस मेगा सफल मोटर्स प्रा.लि.ले भित्राएको छ ।
एक टन पेलोड क्षमताको नयाँ पिकअप गाडी सफल मोर्टस् प्रालिद्धारा ग्राहकवर्गहरुको चाहानालाई मध्यनजर गर्दै भित्राईएको हो ।
नयाँ पिकअप एस मेगा चितवन र नजलपरासीको बजारमा अत्यन्तै उपयोगी हुने सफल मोर्टस्का प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । ८०० सीसीको डाईकोर डिजेल इञ्जिन जडान गरिएको नयाँ पिकअप एस मेगा उद्योग बाणिज्य संघ चितवनकना अध्यक्ष राजन गौतमले लञ्चिङ्ग गरेका थिए । लञ्चिङ्ग गर्दै अध्यक्ष गौतमले साना तथा ठुला व्यवसायीका लागि यो गाडी अत्यन्तै उपयोगी हुने दावी गरे ।
सोही अवसरमा नयाँ पिकअप एस मेगा गाडी चितवनमा सार्वजनिक गर्नु अगावै खरिद गर्ने तीन जना नमस्ते मार्केटिङ, नवराज खनियाँ र गौतमराज पोखरेल र स्पट बुकिङ्ग गर्ने सुरज महत्तो र दिनेश तामाङ्गलाई संयुक्त रुपमा उवासंघका अध्यक्ष गौतम, टाटा मोटर्सका सेल्स म्यानेजर पदमेन्दु सेचन, सिप्रदी ट्रेडिङ प्रालीका प्रोडक्ट ईन्चार्ज प्रविन विक्रम शाहीले टाका टोपी लगाई सम्मान गर्दै एस मेगा गाडीको चाबी हस्तान्तरण गरेका थिए ।
पिकअप पिकअप सेग्मेन्टमा एक टनको आकर्षक पेलोड क्षमतासहित उत्कृष्ट प्रदर्शन क्षमता भएको टाटा एस मेगामा डिकोर डिजेल इन्जिन प्रयोग गरिएको बताउदै टाटा मोटर्सका सेल्स म्यानेजर पदमेन्दु सेचले भने– जसले उत्कृष्ट फ्युल क्षमता र साना कमर्सियल गाडी सञ्चालनमा कम लगानीको प्रत्याभूति दिनेछ ।
मजबुत फ्रन्ट, रियर लिफ स्प्रिङ सस्पेन्सन र एक्सलहङले जस्तोसुकै रोडमा पनि सही पेलोड क्षमता प्रदान गर्छ। ९० केएमपीएचको स्पिड रहेको गाडीले २०.६ किलोमिटर प्रतिलिटरका दरले माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेपाली बाटो सुहाउँदो र जस्तोसुकै अप्ठेरो बाटोमा पनि सजिलै गुड्न सक्ने क्षमतासहित जुनसुकै व्यवसायको लागि यो गाडी उपयुक्त हुने कम्पनीको दाबी छ ।
सिप्रदी ट्रेडिङ प्रा लीका प्रोडक्ट ईन्चार्ज प्रविन विक्रम शाहीले टाटा मोटर्सले साना ढुवानी पिकहरूको सेगमेन्टअन्तर्गत विभिन्न गाडी प्रस्तुत गरिसकेको र ग्राहकको आवश्यकता र चाहनाबमोजिम यस सेगमेन्टमा अझ उत्कृष्ट गाडी प्रदान गर्ने उद्देश्यअनुरूप नै अत्याधुनिक, आरामदायी, सुरक्षित र बहुउपयोगी एस मेगा सार्वजनिक गरेको बताएका छन् ।
यो गाडीमा ९० केएमपिएचको उत्कृष्ट स्पिड क्षमता छ । घुमाउरो तथा अप्ठेरो बाटोमा पनि यो गाडी छिटो घुमाउन वा बदल्न सकिने कम्पनीको दबी छ । यसमा ठूलो सि.५४ को फ्रन्ट ब्रेक र २५४ मिलिमिटरको डिस रियर ब्रेक रहेको छ । गाडीमा हलुका वजनको आल्मुनियम इन्जिन र पाँच स्पिडको गियर बक्सले स्मुथ ड्राइभ र उत्कृष्ट फ्युल क्षमता प्रदान गर्ने जनाइएको छ ।
कम्पनीले यो गाडीको खरिदमा एक वर्षको फुल इन्स्योरेन्स र कर पनि तिरिदिने बताएको छ ।
गाडीमा दुई वर्ष वा ७२ हजार किलोमिटरको वारेन्टी समेत प्रदान गर्ने बताइएको छ ।
नेपाली बजारमा नयाँ एस मेगाको मूल्य १३ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । सोतो र निलो रङमा उपलब्ध यो गाडी सानो पिकअप सेग्मेन्टअन्तर्गत सबैभन्दा कम मूल्यको भएको सफल मोर्टस्का प्रबन्धक अनोज जोशीले बताए ।