झुप्रोमै जलिन् असक्त वृद्धा

 

चितवन, ०२ चैत । पश्चिम चितवनमा खरले छाएको सानो घरभित्रै जलेर एक असहाय वृद्धाको ज्यान गएको छ । चित्रवन नगरपालिका वडा नं। १४ भगडीकी ९१ वर्षीया मायादेवी पौडेलको घरभित्रै जलेर मृत्यु भएको हो । 555आगोले उनको घर पनि सखाप बनाएको छ ।
स्थानीयहरुले दिएको जानकारीअनुसार फागुन २६ गते बुधबार राति ९ बजे आगलागी भएको थियो । मूल बाटोको आडैमा र वरपर अरु घरहरु भए पनि आगलागीबाट वृद्धा पौडेललाई स्थानीयले जोगाउन सकेनन् ।
‘खरको निकै पुरानो घर थियो । खै कसरी आगो सल्कियो रु थाहा पाएर जाँदा पुरै घर खरानी हुन थालेको थियो । वृद्धालाई जोगाउन सकिएन’ छिमेकी चुडामणि पाण्डेले भने । पौडेल निसन्तान थिइन् । उनका श्रीमान् हरिलालको ३७ सालमा निधन भएको थियो ।
‘छिमेकका युवा गएर ढोका फोडेर निकाल्न खोजेको हो । तर उद्धार गर्न सकिएन’ स्थानीय राधा अर्यालले भनिन् । धेरै नै असक्त भएकी माया पछिल्लो समय आफै घरमा खाना पकाएर खान छाडेकी थिइन् । उनी छिमेकको घरमा जाँदै जे दिन्छन् त्यही खाँदै गुजारा चलाउन थालेकी थिइन् ।
दुई कठ्ठा जग्गा पनि भएकी माया स्थानीयसँग आश्रममा गएर बस्ने इच्छा व्यक्त गरेकी थिइन् । एक दुई दिनपछि गाविस गएर उनी आश्रममा जाने प्रक्रिया बुझ्ने योजनामा थिइन् । मृतक आमाको भरतपुर अस्पतालमा पोष्टमार्टमपछि अन्तिम संस्कार गरेको नातामा भतिजा पर्ने नारायणप्रसाद पौडेलले जानकारी दिए ।
उनको किरिया पनि दाजुभाइका छोराहरु नै बसेका स्थानीयले बताए । आगलागीको मौसम सुरु भएका कारण सजग हुन स्थानीय प्रशासनले जिल्लावासीमा अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.